नेभिगेशन
समाज

अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद दिवसका अवसरमा सोमबार संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर अघि बढ्न खोजेपनि आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुँदा संसदको कार्यतालिकामा समेत असर परिरहेको बताए ।

Ncell
Extreme Energy

उनले सदनमा विरोध हुँदाहुदै पनि निश्चित समयमा पास गर्नुपर्ने बजेटसम्बन्धी विधेयकहरुलाई जबरजस्ती अघि बढाउनुपरेको धारणा राखे । जवरजस्ती सदन सञ्चालन गर्नुपर्दा सरकारको दायित्व, सत्तापक्ष र प्रतिपक्षीको दायित्वका बारेमा सोच्न जरुरी रहेको उनले बताए । 

सभामुख घिमिरेले चित्त नबुझे संसद प्रभावित पार्ने कामले अहिलेको प्रणालीको विरोधीहरुलाई फाइदा पुगेको धारणा राखे । प्रभावकारी संसद बनाउन सशक्त सचिवालयको जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले उठाएका जनताका समस्याहरूलाई समयमै सम्बोधन गर्ने र संसदप्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । सांसदले संसदमा समस्या उठाएपछि औपचारिकताका लागि मन्त्रीहरूले जवाफ दिने तर कार्यान्वयनमा ढिलासुस्ती र उदासिनता देखिने गरेको भन्दै यसमा सवैको ध्यान जान जरुरी रहेको उनले बताए । अध्यक्ष दाहालले समितिहरूको कार्यदक्षता बढाउन, विधेयकमा गहन छलफल गर्ने परम्परा बसाल्न र सबै सांसदहरूलाई नीतिगत छलफलमा समान सहभागिता गराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले जनता र संसदबीचको दूरी कम गर्न प्रविधिको प्रयोग, सहज पहुँच र खुला संवादको वातावरण विकास गर्नुपर्नेमा समेत जोड दिए । विसं. २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

भर्खरै