नेभिगेशन
समाज

कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

उदयपुर । विपद् व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कटारीमा पाँच दिने विपद् उद्धार अभ्यास तालिम सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण  त्रियुगा उदयपुरले कटारी नगरपालिकाको सहकार्यमा तालिम संचालन गरेको हो।

सो तालिम सोमबार कटारी नगरपालिकाको सभाहलमा एक कार्यक्रमकाबीच सुरु गरिएको छ । तालिममा विपद् पूर्व तयारी, उद्धार प्रक्रिया, राहत व्यवस्थापन तथा समन्वय सम्बन्धी व्यावहारिक ज्ञान र अभ्यास गराइने सशस्त्र प्रहरी बेस क्याम्प कटारीका इन्चार्ज तथा इन्स्पेक्टर मेघराज राउतले जानकारी दिए। तालिम शुक्रवारसम्म सञ्चालन हुनेछ।

CG

इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास लिइएको छ।

कार्यक्रममा कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी  प्रेमप्रसाद लुइँटेल, नेपाली सेना पशुपति प्रसाद गणका प्रमुख सेनानी शिवप्रसाद वाग्ले, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहरनाथ योगी, सशस्त्र प्रहरी बल नं. ५ गण त्रियुगा उदयपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुशिलकुमार शाही, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उदयपुरका उप–अनुसन्धान निर्देशक तुलसी कट्टेल, इलाका प्रशासन कार्यालय कटारी प्रमुख कोपिला राई, नगर प्रमुख प्रशासकीय अधिकृत राजन थापा, इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईं, विपद् व्यवस्थापन समिति संयोजक तथा नगरकार्यपालिकाका सदस्य बेगबहादुर आले मगर, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको  उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले विपद्को सामना गर्न पूर्वतयारी आवश्यक रहेको भन्दै यस्तो तालिमले स्थानीय निकाय, सुरक्षा निकाय र समुदायबीच सहकार्य सुदृढ बनाउने बताए। प्रमुख जिल्ला अधिकारी लुइँटेलले विपद् व्यवस्थापनमा समन्वय र तत्परताको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै अभ्यास र तयारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजको मौसमः सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

आजको मौसमः सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ...
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह...
निर्वाचन ७५ दिन बाँकी देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

निर्वाचन ७५ दिन बाँकी देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा...