नेभिगेशन
समाज

कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

उदयपुर । विपद् व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कटारीमा पाँच दिने विपद् उद्धार अभ्यास तालिम सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण  त्रियुगा उदयपुरले कटारी नगरपालिकाको सहकार्यमा तालिम संचालन गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो तालिम सोमबार कटारी नगरपालिकाको सभाहलमा एक कार्यक्रमकाबीच सुरु गरिएको छ । तालिममा विपद् पूर्व तयारी, उद्धार प्रक्रिया, राहत व्यवस्थापन तथा समन्वय सम्बन्धी व्यावहारिक ज्ञान र अभ्यास गराइने सशस्त्र प्रहरी बेस क्याम्प कटारीका इन्चार्ज तथा इन्स्पेक्टर मेघराज राउतले जानकारी दिए। तालिम शुक्रवारसम्म सञ्चालन हुनेछ।

Ncell
Extreme Energy

इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास लिइएको छ।

कार्यक्रममा कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी  प्रेमप्रसाद लुइँटेल, नेपाली सेना पशुपति प्रसाद गणका प्रमुख सेनानी शिवप्रसाद वाग्ले, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहरनाथ योगी, सशस्त्र प्रहरी बल नं. ५ गण त्रियुगा उदयपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुशिलकुमार शाही, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उदयपुरका उप–अनुसन्धान निर्देशक तुलसी कट्टेल, इलाका प्रशासन कार्यालय कटारी प्रमुख कोपिला राई, नगर प्रमुख प्रशासकीय अधिकृत राजन थापा, इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईं, विपद् व्यवस्थापन समिति संयोजक तथा नगरकार्यपालिकाका सदस्य बेगबहादुर आले मगर, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको  उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले विपद्को सामना गर्न पूर्वतयारी आवश्यक रहेको भन्दै यस्तो तालिमले स्थानीय निकाय, सुरक्षा निकाय र समुदायबीच सहकार्य सुदृढ बनाउने बताए। प्रमुख जिल्ला अधिकारी लुइँटेलले विपद् व्यवस्थापनमा समन्वय र तत्परताको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै अभ्यास र तयारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै