नेभिगेशन
मुख्य समाचार

जसपाका मधेश अध्यक्ष यादवको सर्लाहीका प्रहरी प्रमुखलाई धम्की,'...ए एसपी सुन्, कोहो तिमीहरु' (भिडियो)

काठमाडाैँ । अशोक राई नेतृत्वको जनता समावादी पार्टी(जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवले सर्लाहीका प्रहरी प्रमुख उपरीक्षक(एसपी) योगेन्द्रकुमार खड्कालाई धम्की दिएको अडियो सार्वजनिक भएको छ । 

सार्वजनिक भएको अडियोमा पूर्वाधार कार्यालयका कर्मचारीले रातिमा अवैध काम गर्ने र त्यसमा प्रहरीले संरक्षण गरेको भन्दै अध्यक्ष यादवले एसपी खड्कालाई फोन गरेको सुनिन्छ । 
फोनमा यादवले एसपीलाई  ‘को हो तिमीहरु’ भन्दै अपशब्द बोलेको समेत सार्वजनिक अडियोमा सुनिन्छ । 

CG

सुरुबाटै चर्काचर्की हुन लागेको संवादमा नेता यादवले एसपी खड्कालाई ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै थर्काउँछन् । अडियोमा  प्रहरीले रातिराति मान्छे बोलाएर पैसाको कमिसन लिने गरेको, सुरक्षा दिनुपर्ने प्रहरी नै लुटतन्त्र मच्चाउन सक्रिय रहेको र गलत काम गर्ने सरकारी कर्मचारीलाई संरक्षण दिएको  भन्दै यादवले तपाईं लुटेराहरु’ भन्दै गाली गरेको सुनिन्छ । त्यसपछि एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको सुनिन्छ । 


 एसपी खड्काले ‘अलि कुरा बुझेर बोल्नुहोस्’ भन्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गर्न खोज्छन् । तर, नेता यादवले भने आफ्नो अडान दोहोर्याउँदै ‘तपाईंहरू मधेशमा कमिसन खान आएको, तपाईंहरू लुट्न आएको’ भन्दै लगातार आरोप लगाएका छन् । 

त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ । 

अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५...
औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गरेकी हुन...
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन् । सामान्यता निर्वाचनमा सहभागी हुने राजनीतिक...