नेभिगेशन
समाज

जसपाका मधेश अध्यक्ष यादवको सर्लाहीका प्रहरी प्रमुखलाई धम्की,'...ए एसपी सुन्, कोहो तिमीहरु' (भिडियो)

काठमाडाैँ । अशोक राई नेतृत्वको जनता समावादी पार्टी(जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवले सर्लाहीका प्रहरी प्रमुख उपरीक्षक(एसपी) योगेन्द्रकुमार खड्कालाई धम्की दिएको अडियो सार्वजनिक भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक भएको अडियोमा पूर्वाधार कार्यालयका कर्मचारीले रातिमा अवैध काम गर्ने र त्यसमा प्रहरीले संरक्षण गरेको भन्दै अध्यक्ष यादवले एसपी खड्कालाई फोन गरेको सुनिन्छ । 
फोनमा यादवले एसपीलाई  ‘को हो तिमीहरु’ भन्दै अपशब्द बोलेको समेत सार्वजनिक अडियोमा सुनिन्छ । 

Ncell
Extreme Energy

सुरुबाटै चर्काचर्की हुन लागेको संवादमा नेता यादवले एसपी खड्कालाई ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै थर्काउँछन् । अडियोमा  प्रहरीले रातिराति मान्छे बोलाएर पैसाको कमिसन लिने गरेको, सुरक्षा दिनुपर्ने प्रहरी नै लुटतन्त्र मच्चाउन सक्रिय रहेको र गलत काम गर्ने सरकारी कर्मचारीलाई संरक्षण दिएको  भन्दै यादवले तपाईं लुटेराहरु’ भन्दै गाली गरेको सुनिन्छ । त्यसपछि एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको सुनिन्छ । 


 एसपी खड्काले ‘अलि कुरा बुझेर बोल्नुहोस्’ भन्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गर्न खोज्छन् । तर, नेता यादवले भने आफ्नो अडान दोहोर्याउँदै ‘तपाईंहरू मधेशमा कमिसन खान आएको, तपाईंहरू लुट्न आएको’ भन्दै लगातार आरोप लगाएका छन् । 

त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ । 

अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।
बाढीले अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा

बाढीले अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा

मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ ।