नेभिगेशन
समाज

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

काठमाडौँ । नेपालले एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको युकेएम ओभलमा आज सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिङ्गापुरले दिएको एक सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रनको महत्वपूर्ण योगदान दिए । साथै शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाए ।
    
सिङ्गापुरका लागि कपिस भेन्कटरमनले चार विकेट लिए भने युवान पाण्डेले दुई विकेट लिए । साथै भेदान्स गुप्ता र आकाश तेजाले एक/एक विकेट लिए ।

Ncell
Extreme Energy

सामान्य लक्ष्य पछ्याएको नेपालले १३ रन बनाउँदा पहिलो विकेट गुमायो । त्यसपछि शिवान्स बजगाईँले एक छक्का र दुई चौकाको प्रहार गर्दै आक्रामक ब्याटिङ गर्दै पारीलाई अगाडि बढाए । नेपालले ४० रन बनाउँदा लगातार दुई विकेट गुमाएपछि दबाबमा पर्‍यो । नेपालले ५८ रन छँदा थप दुई विकेट गुमायो । 

छैटौ विकेटका लागि नेपालले जोय थापा र सुभास खनालले महत्वपूर्ण ३३ रनको साझेदारी गरे । नेपालले ९१ रन छँदा छैटौ र ९२ रन छँदा सातौ र आठौ विकेट गुमाएको थियो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनायो । उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसैगरी रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजा १० रन बनाए । त्यसबाहेक सिङ्गापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सिङ्गापुरका लागि सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन/तीन विकेट लिए भने शुभम खनालले दुई विकेट लिए । त्यस्तै कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी गरी कूल ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका...
जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका...
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...