नेभिगेशन
समाज

रुपन्देहीका ५ सय सुकुम्बासी परिवारले एकसाथ पाए लालपुर्जा

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब पाँचसय परिवारले एकसाथ लालपुर्जा प्राप्त गरेका छन् ।

आइतबार रुपन्देहीमा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कञ्चन–५, गरगरेका बासिन्दालाई भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा लालपुर्जा वितरण गरेका हुन् । 

लालपुर्जा बितरण गर्दै मन्त्री पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा कन्चन गाउँपालिका रुपन्देहीमै पहिलो बनेको बताए । 

काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सम्मै रहने भन्दै उनले त्यतिबेलासम्म मुलुकभरिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित जग्गाधनीलाई प्रमाण पुर्जा दिने कार्य सम्पन्न गरिने धारणा राखे । 

पौडेलले देशलाई समृद्ध बनाउदै नागरिकलाई सुखी बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सवैले साथ दिनुपर्ने बताए । उनले समाजमा एकथरी मान्छेहरु नकारात्मक बिचार छर्न क्रियाशिल रहेको भन्दै त्यस्ता सोचको पछि नलाग्न आग्रह समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

विसं २०८१ असोज २१ गते सङ्घर्ष समिति र तत्कालिन खानेपानी मन्त्री प्रदिप यादवबीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरुले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण मिनाहा गर्न तथा...
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका...
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...