नेभिगेशन
समाज

रुपन्देहीका ५ सय सुकुम्बासी परिवारले एकसाथ पाए लालपुर्जा

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब पाँचसय परिवारले एकसाथ लालपुर्जा प्राप्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार रुपन्देहीमा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कञ्चन–५, गरगरेका बासिन्दालाई भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा लालपुर्जा वितरण गरेका हुन् । 

Ncell
Extreme Energy

लालपुर्जा बितरण गर्दै मन्त्री पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा कन्चन गाउँपालिका रुपन्देहीमै पहिलो बनेको बताए । 

काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सम्मै रहने भन्दै उनले त्यतिबेलासम्म मुलुकभरिका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित जग्गाधनीलाई प्रमाण पुर्जा दिने कार्य सम्पन्न गरिने धारणा राखे । 

पौडेलले देशलाई समृद्ध बनाउदै नागरिकलाई सुखी बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सवैले साथ दिनुपर्ने बताए । उनले समाजमा एकथरी मान्छेहरु नकारात्मक बिचार छर्न क्रियाशिल रहेको भन्दै त्यस्ता सोचको पछि नलाग्न आग्रह समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...