नेभिगेशन
समाज

डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

जाजरकोट — डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै तीन जनाको समूहले कुटपिट गरेका छन्। आइतबार भएको आक्रमणको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शाहका अनुसार, उनी फिल्डबाट फर्किंदा कार्यकक्षमा बसेका तीन व्यक्तिले करार सेवाबाट कर्मचारी हटाएको विषयमा विवाद गर्दै आक्रमण गरेका थिए। ढाड र अनुहारमा मुक्का प्रहार भएको र नाकबाट रगतसमेत बगेको उनले बताए।

Ncell
Extreme Energy

आक्रमणपछि ती युवाहरू फरार भएका छन्। शाहले आफूलाई तीन दिनअघि विप्लव समूहको कार्यकर्ता बताउने बिराजन शाहीले धम्की दिएको खुलासा गरेका छन्।

जिल्ला प्रहरी प्रमुख डीएसपी सुवास शर्माले घटनामा संलग्नहरूको खोजी भइरहेको जानकारी दिए।

डिएफओ शाह केहीदिन अघि कार्यकक्षमै जिल्लाका सरकारी कार्यालय प्रमुखहरुलाई जम्मा पारेर मदिरा पार्टी गरेको विषयमा समेत विवादमा आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...