नेभिगेशन
समाज

पसल बन्द गरेर एक महिनादेखि सडकमा सुनचाँदी व्यवसायी, सरकार मौन

काठमाडौँ । सरकारले आर्थिका वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गरेदेखि नै आन्दोलनमा उत्रिएका सुनचाँदी व्यवसायीले अहिलेसम्म त्यसलाई निरन्तरता दिईरहेका छन् । आज पनि उनीहरु पसल बन्द गरेर सडकमा ओर्लिएका छन् । आज नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूले न्युरोड जुद्धशालिक बाट र्याली सुरू गरेर इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए। 

Ncell
Extreme Energy

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरुले लामो समयदेखि आन्दोलित छन् । 

बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने उनीहरुको माग छ । 

व्यवसायीहरुले सुनमा लगाएतको कोटा प्रणााली खारेज गर्न समेत माग गरेका छन् । उक्त करको व्यवस्था लागु गर्दा आफूहरुको व्यवसाय धरासयी हुने व्यवसायीहरुको भनाइ छ । उनीहरुले उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर्नुपर्ने माग राखेका छन् । 

विगत एक महिनादेखि निरन्तर आन्दोलनका रहेका व्यवसायीहरुले यसअघि केहि दिन सडक प्रदर्शन स्थगित गरेका थिए । तर आफुहरुको मागमा सरकार गम्भीर नभएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पुनः सडक आन्दोलन सुरु गरेका हुन् । उनीहरुले यो आन्दोलनलाई काठमाडौँ मात्रै नभएर देशब्यापी बनाएका छन् । तर राज्यले उनीहरुको माग सम्बोधनमा चासो नदिएको उनीहरुको आरोप छ । 

Sun-chadi-byabasiyi-aandolan-1752043304.jpg

Sun-chadi-byabasiyi-aandolan-1-1752043303.jpg

Sun-chadi-byabasiyi-aandolan-2-1752043303.jpg

Sun-chadi-byabasiyi-aandolan-3-1752043302.jpg

Sun-chadi-byabasiyi-aandolan-4-1752043302.jpg

Sun-chadi-byabasiyi-aandolan-5-1752043301.jpg

Sun-chadi-byabasiyi-aandolan-8-1752043300.jpg

Sun-chadi-byabasiyi-aandolan-7-1752043300.jpg

Sun-chadi-byabasiyi-aandolan-10-1752043299.jpg

Sun-chadi-byabasiyi-aandolan-9-1752043299.jpg

Sun-chadi-byabasiyi-aandolan-11-1752043298.jpg

Sun-chadi-byabasiyi-aandolan-12-1752043298.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...