नेभिगेशन
समाज

पसल बन्द गरेर एक महिनादेखि सडकमा सुनचाँदी व्यवसायी, सरकार मौन

काठमाडौँ । सरकारले आर्थिका वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गरेदेखि नै आन्दोलनमा उत्रिएका सुनचाँदी व्यवसायीले अहिलेसम्म त्यसलाई निरन्तरता दिईरहेका छन् । आज पनि उनीहरु पसल बन्द गरेर सडकमा ओर्लिएका छन् । आज नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूले न्युरोड जुद्धशालिक बाट र्याली सुरू गरेर इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए। 

Ncell
Extreme Energy

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरुले लामो समयदेखि आन्दोलित छन् । 

बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने उनीहरुको माग छ । 

व्यवसायीहरुले सुनमा लगाएतको कोटा प्रणााली खारेज गर्न समेत माग गरेका छन् । उक्त करको व्यवस्था लागु गर्दा आफूहरुको व्यवसाय धरासयी हुने व्यवसायीहरुको भनाइ छ । उनीहरुले उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर्नुपर्ने माग राखेका छन् । 

विगत एक महिनादेखि निरन्तर आन्दोलनका रहेका व्यवसायीहरुले यसअघि केहि दिन सडक प्रदर्शन स्थगित गरेका थिए । तर आफुहरुको मागमा सरकार गम्भीर नभएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पुनः सडक आन्दोलन सुरु गरेका हुन् । उनीहरुले यो आन्दोलनलाई काठमाडौँ मात्रै नभएर देशब्यापी बनाएका छन् । तर राज्यले उनीहरुको माग सम्बोधनमा चासो नदिएको उनीहरुको आरोप छ । 

Sun-chadi-byabasiyi-aandolan-1752043304.jpg

Sun-chadi-byabasiyi-aandolan-1-1752043303.jpg

Sun-chadi-byabasiyi-aandolan-2-1752043303.jpg

Sun-chadi-byabasiyi-aandolan-3-1752043302.jpg

Sun-chadi-byabasiyi-aandolan-4-1752043302.jpg

Sun-chadi-byabasiyi-aandolan-5-1752043301.jpg

Sun-chadi-byabasiyi-aandolan-8-1752043300.jpg

Sun-chadi-byabasiyi-aandolan-7-1752043300.jpg

Sun-chadi-byabasiyi-aandolan-10-1752043299.jpg

Sun-chadi-byabasiyi-aandolan-9-1752043299.jpg

Sun-chadi-byabasiyi-aandolan-11-1752043298.jpg

Sun-chadi-byabasiyi-aandolan-12-1752043298.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...