नेभिगेशन
समाज

पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध पूर्व न्यायाधीश बलराम केसीले हास्ताक्षर गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आज दिउँसो रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर रविको पक्षमा हस्ताक्षर गरेका हुन् । 

Extreme Energy

हस्ताक्षरपछि सञचारकर्मीलाई प्रतिक्रिया दिदै उनले रास्वपा अल्टरनेटिभ पार्टी भएको भाग खोसिएपछि प्रहार भएको प्रतिक्रिया दिए । उनले सो क्रममा अदालतमाथि पनि प्रश्न गर्न सकिने बताए । ‘अदालतको आलोचना गर्न नहुने होइन । स्वस्थ आलोचना गर्नुपर्छ’, उनले भने । 

उनले रविमाथि चलेको मुद्दामै केही खेल देखेको बताए । उनले रविमाथि बद्नियपूर्ण मुद्दा चलाइएको आधार समेत दिए । मिडियामा आफ्नो आुमतिबिना जाहेरीमा नाम उल्लेख भएको विषय त्यसको आधार भएको उनले बताए । 
 

आजै चर्चित अभिनेत्री मनिषा कोइरालाले पनि रविविरुद्ध राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेकी थिइन् । 

रास्वपाले असार ७ गतेबाट देशब्यापी रुपमा हस्ताक्षर अभियान चलाएको छ । रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, रवि लामिछाने विरुद्ध साँधिएको राजनीतिक प्रतिशोध र राज्यले उनीमाथि गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पु¥याउन हस्ताक्षर अभियान चलाएको रास्वपाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
थप शक्तिशाली बन्दै ‘अर्नव’ चक्रवात, विपद् प्राधिकरणले जारी गर्‍यो रेड अलर्ट

थप शक्तिशाली बन्दै ‘अर्नव’ चक्रवात, विपद् प्राधिकरणले जारी गर्‍यो रेड अलर्ट

नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभावले आगामी विहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै  हिमपात हुने सम्भावना...
एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा आज दुईटा खेल हुँदैछ ।
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् ।
एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै भेट्टायो ।