नेभिगेशन
समाज

पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध पूर्व न्यायाधीश बलराम केसीले हास्ताक्षर गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आज दिउँसो रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर रविको पक्षमा हस्ताक्षर गरेका हुन् । 

Ncell
Extreme Energy

हस्ताक्षरपछि सञचारकर्मीलाई प्रतिक्रिया दिदै उनले रास्वपा अल्टरनेटिभ पार्टी भएको भाग खोसिएपछि प्रहार भएको प्रतिक्रिया दिए । उनले सो क्रममा अदालतमाथि पनि प्रश्न गर्न सकिने बताए । ‘अदालतको आलोचना गर्न नहुने होइन । स्वस्थ आलोचना गर्नुपर्छ’, उनले भने । 

उनले रविमाथि चलेको मुद्दामै केही खेल देखेको बताए । उनले रविमाथि बद्नियपूर्ण मुद्दा चलाइएको आधार समेत दिए । मिडियामा आफ्नो आुमतिबिना जाहेरीमा नाम उल्लेख भएको विषय त्यसको आधार भएको उनले बताए । 
 

आजै चर्चित अभिनेत्री मनिषा कोइरालाले पनि रविविरुद्ध राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेकी थिइन् । 

रास्वपाले असार ७ गतेबाट देशब्यापी रुपमा हस्ताक्षर अभियान चलाएको छ । रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, रवि लामिछाने विरुद्ध साँधिएको राजनीतिक प्रतिशोध र राज्यले उनीमाथि गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पु¥याउन हस्ताक्षर अभियान चलाएको रास्वपाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपतिलाई ?

भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपतिलाई ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् ।
सुनसरी गोलीकाण्ड छानबिन गर्न गृहले बनायो समिति

सुनसरी गोलीकाण्ड छानबिन गर्न गृहले बनायो समिति

सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको छ।
प्रचण्डसँग माधव नेपाल किन बने रूष्ट?

प्रचण्डसँग माधव नेपाल किन बने रूष्ट?

देश सरकार बाँडफाँटको तीन बुँदे सहमतिपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच चिसो बढेको छ ।
गेटामा एमबीबीएस पढाइ सुरु नभए अनशन बस्छुः  मेयर हमाल

गेटामा एमबीबीएस पढाइ सुरु नभए अनशन बस्छुः मेयर हमाल

डडेल्धुरा, बैतडी र दार्चुलाको भ्रमणमा रहेका मेयर हमालले सोमबार डोटीको बुडरबाट आफ्नो फेसबुकमार्फत कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस पढाइ सुरु नभए आफू अनशन बस्ने...