नेभिगेशन
समाज

कञ्चनपुरमा छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाई (आउजी)को सर्पदंशबाट मृत्यु भएको छ ।  महिनावारी (रजस्वाल)  भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उनलाई बायाँ गालामा शुक्रबार  सर्पले डसेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तत्काल उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा दमाईको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

Ncell
Extreme Energy

कमलाका तीन स–साना बालबालिका छन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् । दमाईको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएकोे गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीयका अनुसार कमला महिला दुई महिनाअघिमात्र भारतबाट घर आइपुगेकी थिइन् ।

नगरप्रमुख हेमराज ओझाले गोठमा सर्पदंशबाट महिलाको मृत्यु खबर सुन्दा स्तव्ध भएको बताए । “छाउपडी प्रथा हटाउनका लागि प्रयास गर्दै आएका छौँ”, उनले भने, “जनचेतना फैलाउने कार्य गर्दागर्दै महिलाको दुःखद् निधन भयो, निकै मर्माहत छौँ ।” विद्यमान छाउपडी प्रथा हटाउनका लागि आगामी आवको नीति तथा कार्यक्रमै पनि सचेतनामूलक कार्यक्रम गर्ने, छागोठ भत्काउने कार्यक्रम राखिएको उहाँले  जानकारी दिए ।

“छाउपडी प्रथा कानुनतः निषेध गरिएको भए पनि अशिक्षा र गरिबी भएका क्षेत्रमा विद्यमान छ, त्यसलाई घटाउनका लागि भरमग्दुर प्रयासमा छौँ”, उनले भने । छाउपडी प्रथाजस्तो गम्भीर मानवताविरोधी कुप्रथाका कारण निर्दोष महिलाले ज्यान गुमाउनुपरेको दलित अगुवा राजुराम सार्कीले बताए ।

कुरीतिजन्य अमानवीय यस प्रथालाई हटाउन सम्बन्धित निकायले यथाशीघ्र पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला र सुत्केरी भएको अवस्थामा छाउपडीमा राख्न नराख्न पाइने व्यवस्था छ । यस्तो कार्य गरिए तीन महिना कैदको व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सहमहामन्त्रीका लागि विभिन्न समूहबाट उम्मेदवारी परेको छ।
आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

आज देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक, यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।
प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

प्रधानमन्त्रीले राष्ट्रसंघमा गरेको सम्बोधनको रुसले गर्‍यो प्रशंसा

रुसले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा दिएको सम्बोधनको प्रशंसा गरेको छ ।