नेभिगेशन
समाज

दुर्लभ र महँगो मूल्य पर्ने क्यान्सरको औषधि बिरामीलाई निःशुल्क दिइने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब नेपालमा नपाइने क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने बताएका छन् । 

आइतबार मन्त्रालयमा डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने बताएका हुन् । 

CG

नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो भाग नेपाल आइपुगेको हो ।

मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनत पछि सफलता प्राप्त गरेको बताए । हाल ३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधी समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले जानकारी दिए । 

मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधी प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए । मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधी र स्वास्थ्य सामाग्रीहरु आइतबार नै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल–भरतपुर, भक्तपुर क्यान्सर अस्पताल–भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल–बाँके र वीर अस्पताल–काठमाण्डौलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।
जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७  सुत्केरी भए । सोही अवधिमा एक सय ९१  ...