नेभिगेशन
समाज

नेपाल लाइफद्वारा भगवान कोइरालाले निमार्ण गर्ने बाल अस्पतालका लागि १ करोड सहयोग

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गैरनाफामूलक संस्था (काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणका लागि १ करोड रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यो सहयोगसम्बन्धी समझदारीपत्रमा किओचका संस्थापक अध्यक्ष डा.भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईआ) प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन्।

Ncell
Extreme Energy

सम्झदारीपछि आयोजित कार्यक्रममा बोल्दै नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवालले डा। कोइरालाको नेतृत्वमा अगाडि बढेको यो परियोजनाले नेपालको बाल स्वास्थ्य क्षेत्रमा ऐतिहासिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले यस्तो खालको परियोजनाले राज्यका नीतिहरूसँग पनि मेल खाने र ग्रामीण भेगका बालबालिकाले समेत गुणस्तरीय उपचार सेवा पाउने व्यवस्था हुने बताए।

नेपाल लाइफका सीईओ पराजुलीले कम्पनीले विगतदेखि नै शिक्षा, स्वास्थ्य, संस्कृतिसहितका सामाजिक क्षेत्रमा निरन्तर लगानी गर्दै आएको जानकारी दिँदै बाल स्वास्थ्यका क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्न भविष्यमा पनि सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

बाल अस्पताल निर्माण काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा भइरहेको छ, जुन बहुविशिष्टिकृत ‘हब’ अस्पतालको रूपमा विकास हुँदैछ। हाल अस्पतालको मूल भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई सेवा सुरु भइसकेको किओचले जनाएको छ।

किओचका अध्यक्ष डा.कोइरालाले नेपाल लाइफको सहयोगले अस्पताल परियोजनाले गति लिने र यसबाट आर्थिक रूपमा कमजोर वर्गका बालबालिकाले पनि विशिष्टीकृत उपचार पाउने विश्वास व्यक्त गरे। उनले नेपाल लाइफ जस्तो प्रतिष्ठित संस्थाको सहकार्यले थप ऊर्जा र प्रेरणा मिलेको प्रतिक्रिया दिए।

किओचले सातवटै प्रदेशमा सुविधायुक्त बाल अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ। संस्थाले पहिलो अस्पताल झापाको दमकमा स्थापना गरिसकेको छ, जहाँ आकस्मिक सेवा, शल्यक्रिया, पिएसआईयू, एनआईसीयू, एचडीयु लगायतका सेवा सञ्चालनमा छन्।

डा.कोइरालाका अनुसार, किओचले आगामी दिनमा तालिम, गुणस्तर मापदण्ड, नीति निर्माण, र अनुसंधानका माध्यमबाट बाल स्वास्थ्यको क्षेत्रमा सुदृढ राष्ट्रिय प्रणाली विकास गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...