नेभिगेशन
समाज

नेपाल लाइफद्वारा भगवान कोइरालाले निमार्ण गर्ने बाल अस्पतालका लागि १ करोड सहयोग

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गैरनाफामूलक संस्था (काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणका लागि १ करोड रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यो सहयोगसम्बन्धी समझदारीपत्रमा किओचका संस्थापक अध्यक्ष डा.भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईआ) प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन्।

Ncell
Extreme Energy

सम्झदारीपछि आयोजित कार्यक्रममा बोल्दै नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवालले डा। कोइरालाको नेतृत्वमा अगाडि बढेको यो परियोजनाले नेपालको बाल स्वास्थ्य क्षेत्रमा ऐतिहासिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले यस्तो खालको परियोजनाले राज्यका नीतिहरूसँग पनि मेल खाने र ग्रामीण भेगका बालबालिकाले समेत गुणस्तरीय उपचार सेवा पाउने व्यवस्था हुने बताए।

नेपाल लाइफका सीईओ पराजुलीले कम्पनीले विगतदेखि नै शिक्षा, स्वास्थ्य, संस्कृतिसहितका सामाजिक क्षेत्रमा निरन्तर लगानी गर्दै आएको जानकारी दिँदै बाल स्वास्थ्यका क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्न भविष्यमा पनि सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

बाल अस्पताल निर्माण काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा भइरहेको छ, जुन बहुविशिष्टिकृत ‘हब’ अस्पतालको रूपमा विकास हुँदैछ। हाल अस्पतालको मूल भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई सेवा सुरु भइसकेको किओचले जनाएको छ।

किओचका अध्यक्ष डा.कोइरालाले नेपाल लाइफको सहयोगले अस्पताल परियोजनाले गति लिने र यसबाट आर्थिक रूपमा कमजोर वर्गका बालबालिकाले पनि विशिष्टीकृत उपचार पाउने विश्वास व्यक्त गरे। उनले नेपाल लाइफ जस्तो प्रतिष्ठित संस्थाको सहकार्यले थप ऊर्जा र प्रेरणा मिलेको प्रतिक्रिया दिए।

किओचले सातवटै प्रदेशमा सुविधायुक्त बाल अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ। संस्थाले पहिलो अस्पताल झापाको दमकमा स्थापना गरिसकेको छ, जहाँ आकस्मिक सेवा, शल्यक्रिया, पिएसआईयू, एनआईसीयू, एचडीयु लगायतका सेवा सञ्चालनमा छन्।

डा.कोइरालाका अनुसार, किओचले आगामी दिनमा तालिम, गुणस्तर मापदण्ड, नीति निर्माण, र अनुसंधानका माध्यमबाट बाल स्वास्थ्यको क्षेत्रमा सुदृढ राष्ट्रिय प्रणाली विकास गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।