नेभिगेशन
समाज

सूर्य नेपालद्वारा बारामा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन, ग्रामीण बासिन्दालाई घरमै निःशुल्क सेवा

बारा । ग्रामीण समुदायका लागि स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउने उद्देश्यसहित सूर्य नेपाल प्रा।लि।ले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ‘मोबाइल हेल्थ क्लिनिक’ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम ‘सूर्य नेपाल आशा’ अन्तर्गत उक्त सेवा सुरु गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोबाइल क्लिनिकमार्फत ग्रामीण बासिन्दालाई निःशुल्क स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र आवश्यक औषधि वितरण सेवा प्रदान गरिँदैछ। स्वास्थ्य सेवा टोलीमा एक जना चिकित्सक, नर्स, फार्मासिस्ट, रेडियोलोजिस्टलगायत अन्य स्वास्थ्यकर्मी सहभागी छन्।

Ncell
Extreme Energy

कार्यक्रम अन्तर्गत नियमित रूपमा जीतपुरसिमराका विभिन्न गाउँटोलमा पुगेर सेवा दिइने सूर्य नेपालले जनाएको छ । स्थानीय बासिन्दाको घरदैलोमै सेवा पुर्याउने यो पहलले स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने वर्गलाई विशेष राहत दिने अपेक्षा सूर्य नेपालले गरेको छ । 

कम्पनीको सहयोगमा एक गैरसरकारी संस्थामार्फत सञ्चालन भइरहेको उक्त क्लिनिकले प्रत्येक हप्ता फरक स्थानमा स्वास्थ्य सेवा सञ्चालन गर्नेछ। सेवा लिने व्यक्तिहरूलाई उनीहरूको अवस्थाअनुसार आवश्यक औषधि पनि निःशुल्क वितरण गरिने सूर्य नेपालले जनाएको छ । 

सूर्य नेपाल प्रा.लि.ले ‘आशा’, ‘प्रकृति’, ‘आधारशिला’ र ‘गाथा’ शीर्षकका कार्यक्रमहरूअन्तर्गत शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सिपमूलक तालिम, वातावरण संरक्षण, स्थानीय पूर्वाधार निर्माण तथा नेपाली कला, साहित्य र संस्कृति संरक्षणमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सूर्य नेपालको यो प्रयासले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न योगदान पुर्‍याउने अपेक्षा गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।