नेभिगेशन
समाज

'आइएमई पे' र 'खल्ती को एकीकृत सेवा सञ्चालनमा, अब 'खल्ती बाइ आइएमई'

काठमाण्डौँ । आइएमई' पे र खल्ती वालेट मर्ज भई, आज (साउन १) गतेबाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरीएकाे छ । 

Ncell
Extreme Energy

यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।

ब्याज दिने एक मात्र वालेट को रूपमा चिनिएको आइएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो। 

अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन्।

साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ। यस प्रक्रिया मार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्। 

खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन्।

आइएमई पे — आइएमई ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको थियो। अर्कोतर्फ, चार जना सह–संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए। 

आइएमई डिजिटल सोलुसन्स का अध्यक्ष कृष्ण प्रसाद शर्माले आइएमई पे र खल्ती बीचको मर्जरबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपाल को सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । 

खल्ती का अध्यक्ष मनोज कुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आइएमई खल्ती लिमिटेड ले देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने बताए । 

आइएमई खल्ती लिमिटेड का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए । 

आइएमई पे ले Digital Services ICT Award 2024, HRM Award for Corporate Excellence in the FinTech Category 2023 र Visa Leadership Conclave Nepal 2023 मा Excellence in Fintech Partnership Award प्राप्त गरेको थियो।

त्यस्तै, खल्ती ले WITSA Global Innovation & Tech Excellence Awards 2022,२०२३ र २०२४ मा देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक (NCHL बाट लगातार २ वर्ष) र नेपाल राष्ट्र बैंक बाट डिजिटल कारोबारमा पुर्‍याएको योगदानको उच्च कदरस्वरूप सम्मान प्राप्त गरेको थियो।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदाधिकारीका सबै आंकाक्षीसँग छलफलमा रवि लामिछाने

पदाधिकारीका सबै आंकाक्षीसँग छलफलमा रवि लामिछाने

उपसभापति, महामन्त्री, सहमहामन्त्रीका लागि हुन लागेको निर्वाचनमा आंकाक्षीहरुको सङ्ख्या धेरै भएपछि लामिछानेले सबैलाई छलफलमा राखेका हुन् । रास्वपाको उपसभापति पद कालागि डा.स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले उम्मेदवारी घोषणा...
रास्वपा केन्द्रीय सदस्यमा प्रदेश तर्फ कसले-कति मत ल्याए ? (सूचीसहित)

रास्वपा केन्द्रीय सदस्यमा प्रदेश तर्फ कसले-कति मत ल्याए ? (सूचीसहित)

कोशी प्रदेशबाट निशा मेहताले सर्वाधिक १ हजार ८६१ मत प्राप्त गरिन्। विश्वराज पोखरेलले १ हजार ४६०, शोभा कार्कीले १ हजार २०४, कल्पना थापाले ९३९, सुजाता तामाङले ८३९, लालविक्रम...
यी हुन् खुल्लातर्फ सर्वाधिक मत ल्याउने उम्मेदवार

यी हुन् खुल्लातर्फ सर्वाधिक मत ल्याउने उम्मेदवार

निर्वाचन आयोगले पहिलो चरणमा विद्युतीय मतदान मेसिनबाट भएको मतदानको मतपरिणाम सार्वजनिक गरेको छ । यसमा प्रवासतर्फको मत जोड्न बाँकी छ ।
केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित (मत परिणामसहित)

केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित (मत परिणामसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले केही बेरअघि मतपरिणाम सार्वजनिक गरेको हो ।