नेभिगेशन
समाज

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी विद्यार्थी सहभागी हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२र८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी हुन पाउने भएका छन् । देशभरका ७७ जिल्लाबाट कुल १७ हजार २२९ आवेदनमध्येबाट १६ हजार १३७ वद्यार्थी छनोट भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कामपा शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सोको प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको अथवा कामपामा स्थायी बसोबास भएको प्रमाण संग्लग्न नभएका एक हजार ९२ आवेदन अस्वीकृत भएका हुन् ।

Ncell
Extreme Energy

शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीमा विज्ञान सङ्कायमा ११ हजार ५९०, व्यवस्थापन सङ्कायमा चार हजार १६४, मानविकी सङ्कायमा ३२, शिक्षा सङ्कायका लागि ९५ र कानुन सङ्कायका लागि दुई सय ५६ जना समावेश छन् ।  छनोट भएका विद्यार्थीलाई इमेल र फोनमार्फत सूचना पठाइसकेको कामपाले जनाएको छ ।

छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८ः०० देखि १०ः०० बजेसम्म हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनुपर्नेछ ।  

परीक्षाको नतिजा प्रकाशनपश्चात मेरिट सूचीका आधारमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरेको कामपाको भनाइ छ ।   

कामपाले उक्त कार्यक्रममार्फत गुणस्तरीय शिक्षालाई पहुँचयोग्य बनाउन विद्यार्थीको शैक्षिक भविष्यलाई उज्ज्वल बनाउन प्रयास गरिरहेको छ । कामपाले अनिवार्य रूपमा कार्यन्वयनमा ल्याएको उक्त  व्यवस्थाले विद्यार्थीलाई शिक्षा प्राप्त गर्न ठूलो सहयोग पुगेको विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

भर्खरै