नेभिगेशन
मुख्य समाचार

अब २ घण्टामै मुग्लिन-पोखरा सरर...

काठमाडाैँ । मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँ खण्डको काम लगभग सकिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४१.५ किलोमिटर चार लेन सडक कालोपत्रे भइसकेको छ । यसैगरी डुम्रे र दमौली बजारमा ६ लेनको सडक बनाइएको छ । 'मेजर कामहरु सबै सकियो। छिटफुट कामहरु जस्तै एप्रोच रोड र सडक सुरक्षाका कामहरु बाँकी छन् । टाफिक संकेतहरु राख्न बाँकी छ,' उनले भने । 

निर्माण व्यवसायीका प्रतिनिधि दिनेशकुमार श्रेष्ठले मादी नदीमा ३१८ मिटर लम्बाइको मोटरेबल पुल निर्माण भइरहेको बताए । तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा पृथ्वी राजमार्गकै सबैभन्दा लामो 'आर्क डिजाइन'को चार लेनको पुल निर्माण भइरहेको छ । यो नेपालकै पहिलो चार लेनको मोटरेबल पुल रहेको मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डले जनाएको छ  । यो पुलको कुल लागत १ अर्ब २१ करोड छ । डिजाइन एण्ड बिल्ड ठेक्का अनुसार निर्माण सम्झौता भएको यो पुल नेपाली निर्माण कम्पनीले नै डिजाइन गरेको हो । एएनके निर्माण सेवा र चाइनिज निर्माण कम्पनीको संयुक्त रूपमा ठेक्का लिएर निर्माण भइरहेको यो पुलको करिब ५ वर्ष मर्मत सम्भार निर्माण कम्पनीले गर्नुपर्ने छ ।

City Express

Muglin-pokhara-14-1752894525.jpg

Muglin-pokhara-2-1752894532.jpg

Muglin-pokhara-1-1752894532.jpg

Muglin-pokhara-3-1752894531.jpg

Muglin-pokhara-12-1752894526.jpg

Muglin-pokhara-14-1752894525.jpg

Muglin-pokhara-16-1752894524.jpg

 

Muglin-pokhara-1752894533.jpg

Muglin-pokhara-4-1752894531.jpg

Muglin-pokhara-8-1752894528.jpg

Muglin-pokhara-7-1752894528.jpg

Muglin-pokhara-6-1752894528.jpg

Muglin-pokhara-5-1752894528.jpg

Muglin-pokhara-9-1752894527.jpg

Muglin-pokhara-11-1752894526.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

भर्खरै