नेभिगेशन
सबै कुरा
फलोअप ६० किलो सुन प्रकरण

झलकरामले अनुसन्धानको ध्यान मोड्न अडुकिया बाबु छोरालाई आफैँ कालोसूचीमा राखेका थिए

९ भदौ, काठमाडौं । २६ साउनको दिउँसो १ बजे त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले भारतीय नागरिक रोहन अडुकियालाई पक्राउ ग¥यो । २१ वर्षका अडुकिया भारतबाट एयर इन्डिगोको जहाजको उडान नम्बर ६ ई ११५३ बाट काठमाडौं झरेका थिए । उनी पक्राउको खबर  एकाएक सञ्चार माध्यममा फैलियो । 

सुन तस्कारीका संदिग्धको रुपमा सर्वाधिक खोजीको सूचीमा रहेको भनी प्रचार गरिएका व्यापारी राकेश अडुकियाका छोरा थिए उनी । नाम चलेका ठूला मिडियामा साता दिनअघि नै बाबु राकेशसँगै तस्करीमा संलग्न भनेर प्रचार भएका उनको पक्राउ सुन अनुसन्धानका लागि थप एउटा सफलताको खुड्किलो थियो । 

Global Ime Bank

तर, जब अध्यागमनले रोहनलाई सुन अनुसन्धानको सुरुवात गरेको राजश्व अनुसन्धान विभाग पु¥यायो । विभागले अडुकियालाई लिन मानेन । रोहनलाई लिएर अध्यागनको टोली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो पुग्यो । ब्यूरोले पनि उनलाई लिन मानेन ।

सुन तस्कारीमा संदिग्ध भन्दै साता दिनअघि ठूला मिडियामा फोटोसहित आरोपित भएका अडुकियालाई सुन तस्करीको अनुसन्धान गरिरहेको दुवै निकायले लिन नमानेपछि दिनभर डुलाएर अध्यागमनको प्रहरी टोलीले साँझ  घरमै छोडेर गयो । 

२६ साउनको यो घटनापछि अडुकिया परिवार सुन तस्करीमा रहेको भनेर सार्वजनिक रुपमा कसैले प्रचार गरेको छैन् । तर जब सुन तस्करका नाइके दावा छिरिङसँग अध्यागमनका महानिर्देशक झलकराम अधिकारीको डिल सिधाकुराले सार्वजनिक ग¥यो । तब, खुल्यो, व्यापारी राकेश अडुकिया र पुत्र रोहनलाई कालोसूचीमा राख्न सुन अनुसन्धान गरिरहेका कुनै पनि निकायले अध्यागमन विभागलाई पत्राचार नै गरेका थिएनन् । 

अध्यागमन विभाग स्रोतका अनुसार महानिर्देशक अधिकारीले आफैँ उनीहरुलाई कालो सूचीमा राखेका थिए भने आफँैले गृह मन्त्रालयमार्फत सुन तस्करीको संदिग्ध सूचीमा रहेको भन्दै समाचार सम्प्रेषण गर्न लगाएका थिए । ‘हामीलाई औपचारिक रुपमा कुनै पत्राचार राजश्व अनुसन्धान र प्रहरीको सीआईबीबाट भएको छैन्,’ अध्यागमन विभाग स्रोत भन्छ, ‘त्यसो भएको भए त पक्राउ परेका रोहनलाई ति निकायले छोड्ने नै थिएन नि ।’ 

अडुकिया बाबु छोराको कालो सूचीबारे त समाचार पढेपछि मात्रै थाहा पाएको विभागका अधिकारीहरु बताउँछन् । ‘सामान्यतः फरार वा कालो सूचीमा परेका मानिसको हकमा दुई खाले सूचना हुन्छ । एक औपचारिक पत्र, दोस्रो पासपोर्टको विवरण मात्रै  र तत्काल पक्राउ गर्नुपर्ने कारण सहितको सूचना उच्च तहलाई हुन्छ,’ अध्यागमनका ति अधिकारी भन्छन्,‘ तर, अडुकियाबारे हामीलाई भन्दा पहिला मिडियालाई सूचना थियो ।’

त्यसो त राजश्व अनुसन्धान विभागले अडुकिया बाबु छोरालाई कालो सूचीमा राख्न औपचारिक रुपमा पत्राचार नगरेको जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले सिधाकुरासँग भने ‘उनीहरुलाई कालोसूचीमा राख्नबारे  हामीले पत्राचार गरेका होइनौँ, छैनौँ ।’

अध्यागमन विभागका जानकारहरुका अनुसार सुन प्रकरणमा अडुकियालाई जोड्न विभागलाई कतैबाट तिब्र दबाब थियो । तर, त्यो कोहो केहो खुलेको छैन् । तर, सिधाकुराले सुन तस्करीका नाइके दावा र अधिकारीबीचको तस्करी डिलको कुराकानी सार्वजनिक गरेपछि उनले तस्करीमा संलग्नलाई जोगाउन विषयान्तर गर्न खोजेको आशंका गरिएको छ । 

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

तत्कालिन महानिर्देशक अधिकारीले १४ साउनमा अडुकियाको व्यक्तिगत यात्रा विवरण पनि मिडियामा सार्वजनिक गरेका थिए । कान्तिपुर दैनिकमा पत्रकार मात्रिका दाहालले १४ साउनमा लेखेको समाचार अनुसार क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाले पछिल्लो ९ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको थियो । 

‘सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन् ।

उनको यो पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन्,’ पत्रकार दाहालले लेखेका छन् । अडुकिया नेपालमा अमेरिकी विद्युतीय कार टेस्लाका मालिक हुन् । नेपाल भित्रिने टेस्ला कार हङकङबाटै आयात हुन्छ । 

सिधाकुराको विशेष खुलासापछि अधिकारीलाई गृह मन्त्रालयले विभागको महानिर्देशकबाट हटाएर मन्त्रालय तानेको छ । सिधाकुरासँग कुराकानी गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीमाथि अनुसन्धान गर्न सीआईबी स्वतन्त्र रहेको बताएका थिए । 

 गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ

सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...