नेभिगेशन
समाज

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

काठमाडौँ । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने  अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ ।

CG

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।  गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई महाशाखाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फुटबलर साम्बालाई भएको के हो ?

फुटबलर साम्बालाई भएको के हो ?

करिव दुई महिनादेखि मैदानबाहिर रहेकी साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारका लागि सहयोग गर्न आग्रह गरेकी हुन्। उनले यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट)...
निर्वाचन आचारसंहिता उल्लंघनः ८५ लाई स्पष्टीकरण, ५४ को जवाफ

निर्वाचन आचारसंहिता उल्लंघनः ८५ लाई स्पष्टीकरण, ५४ को जवाफ

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार स्पष्टीकरण सोधिएका ७९ जनामध्ये छ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरण सोधिनेमा राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकार...
कलाकार एवम् निर्माता निर्मल शर्माको खुला घोषणा: म यसपटक काठमाडौँ ४ मा पुकार बमलाई भोट हाल्छु

कलाकार एवम् निर्माता निर्मल शर्माको खुला घोषणा: म यसपटक काठमाडौँ ४ मा पुकार बमलाई भोट हाल्छु

शर्मा काठमाडौँ ४ का मतदाता हुन् । यस क्षेत्रमा रास्वपाले युवा नेता एवम् रास्वपा बालेन एकताका काम गर्ने पुकार बमलाई टिकट दिएको छ । ‘स्वतन्त्र नागरिकहरूलाई ढुक्क छ...
देउवाको घरमा जलेको पैसाबारे ओलीः पहिले एआई भन्थे, अहिले ‘नक्कली’

देउवाको घरमा जलेको पैसाबारे ओलीः पहिले एआई भन्थे, अहिले ‘नक्कली’

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा देउवाको बुढानिलकण्ठस्थित घरमा भएको आगजनिमा करोडौँ रुपैयाँ जलेको अवस्थामा फेला परेको थियो । देउवाको घरमा आक्रमण भएको २० घण्टापछि २५ भदौको दिउँसो...