नेभिगेशन
समाज

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

काठमाडौँ । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने  अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ ।

Marvel
Extreme Energy

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।  गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई महाशाखाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...