नेभिगेशन
समाज
रुपन्देही ३ उपनिर्वाचन:

रुपन्देहीका चोक चौतारोमा घण्टी बजाउँदै उपसभापति डा.स्वर्णिम वाग्ले

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले पछिल्लो केही सातामा तीन पटक रुपन्देही पुगे । रास्वपा पार्टी र स्वयम् वाग्लेका लागि रुपन्देही अहिले निकै महत्त्वपूर्ण छ । किनकि आफ्नो पार्टी सभापति रवि लामिछाने प्रतिशोधपूर्ण राजनीतिको सिकार भएर रुपन्देहीकै कारागारमा छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दोस्रो, यही जिल्लाको तीन नम्बर निर्वाचन क्षेत्रमा सङ्घीय संसद् पदका लागि कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । सभापतिमाथिको राजनीतिक प्रतिशोधपूर्ण थुनाका विरुद्ध हस्ताक्षर अभियान चलाई रहेको रास्वपा रुपन्देहीको निर्वाचन आफ्नो पोल्टामा पार्न कम्मर कसेर लागेको छ । 

Ncell
Extreme Energy

सभापति थुन्ने प्रणाली विरुद्ध एकको बदला एक लिने उद्देश्यसहित रास्वपा रुपन्देही केन्द्रित निर्वाचनमा होमिइसकेको छ । पार्टीको निर्वाचन कमिटी पारदर्शी र क्षमतावान उम्मेदारको खोजीको प्रक्रियामा जुटेको छ भने पार्टीका उच्च तहका नेताहरु रुपन्देही ३ का जनताको घर, चोक र चौतारोमा पुगेर रास्वपाको नीतिबारे जनतालाई बुझाई रहेका छन् । 

रुपन्देहीको निर्वाचन चर्चा सुरु भएपछि मात्रै उपसभापति वाग्ले तीन पटक रुपन्देही पुगिसकेका छन् । दर्जन बढी चोक, चौतारी र गाउँ गाउँमा पुगेर जनतालाई अहिलेको राजनीतिक घटनाक्रम र रास्वपाको उदयबारे प्रस्ट पारिरहेका छन् । 

‘रुपन्देही ओहोर-दोहोर निकै भएको छ । निर्वाचन केन्द्रित भएर तीन पटक पुगे, निर्वाचन क्षेत्र देखि विभिन्न व्यक्ति र संस्थाहरूसँग छलफल र अन्तरक्रिया गरिरहेको छु,’ उपसभापति वाग्लेले सिधाकुरासँग भने । उनकाअनुसार रास्वपाका नेताहरु भेट्दा मतदाता र स्थानीयहरू उत्सुक र उत्साही देखिएका छन् । 

Photo-01-1753457272.jpg
स्थानीयसँग कुराकानी गर्दै डा. वाग्ले

अवसरका खोजीमा पहाडबाट तराई झरेका देखि तराईमै केही राम्रै बन्दोबस्त गरेका मानिसहरू पनि अहिलेको अवस्थाबाट विरक्त देखिएको र रास्वपाबाट ठुलो आस गरेको उनले रुपन्देहीको अनुभव सुनाए । 

‘गाउँघर युवा पलायनका कारण शून्य देखिएको छ । व्यावसायिक र पेसागत कारणबाट गाउँ टोल र  बजारमा रहेका युवाहरू पनि विकल्प खोजिरहेको पाएँ,’ वाग्लेले भने, ‘रास्वपाकोे राजनीतिक उद्देश्य पनि भ्रष्टीकरणको शासन उखेलेर सुशासन सहितको राजनीतिक स्थायित्व र जनतामा आशा भर्दै विदेश पलायन भएका युवाहरूलाई घर नै फर्काउने हो ।’ 

१८ देखि ३५ वर्ष उमेर समूहका युवाहरू यति सुन्दर देशमा भविष्य नै नदेखेर बाहिरीरहनुपरेको कारणको तितो अनुुभव मतदातासँग साटासाट गरेको वाग्ले बताउँछन् ।

अहिलेको मुल समस्या भनेकै राजनीति सुधार गर्ने रहेको भन्दै सो आँट जोखिम मोलेर रवि लामिछानेले रास्वपा गठन गरेर सुरुवात गरेको उनले रुपन्देहीका जनतालाई सुनाए । 

रास्वपाले आधिकारिक उम्मेदवार लिएर पुनः मतदाताकोमा आउने भन्दै शीर्षस्थ नेताले वातावरण बुझ्ने र जनतासँग संवाद गर्ने कार्य निरन्तर गरिरहने पनि वाग्लेले बताए ।

राप्रपा नेता दीपक बोहराको निधन पछि निर्वाचन आयोगले रुपन्देही ३ मा उपनिर्वाचन घोषणा गरेको हो । रास्वपाले पार्टी कोतर्फबाट उम्मेदवार चयन प्रक्रिया अघि बढाइसकेको छ । पार्टीले मापदण्ड तयार गरेर इच्छुक व्यक्तिलाई उम्मेदवार बन्न आवेदन माग गरेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

भर्खरै