नेभिगेशन
समाज

यसरी सुकेका छन् पानी नपरेपछि महोत्तरीका खेतहरु (तस्बिरहरु)

महोत्तरी । देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि महोत्तरीमा किसान चिन्तित छन्। जिल्लामा करिब ३० प्रतिशतमात्रै रोपाइँ भएको छ। दश नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ। जिल्लाको उत्तर पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो, ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए पनि जिल्ला भरि रोपाइँको अवस्था सन्तोषजनक छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रुपमा किसानले रोपेको खेतमा धाँजा फाट्न थालेको छ । मधेश प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मधेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गरे। प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट मधेशको अवलोकन गरेका हुन् । प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन्। त्यहाँ आफूले किसानहरुसँग पनि कुराकानी गर्ने उनले बताएका छन् ।

Ncell
Extreme Energy

सरकारले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । महोत्तरी जिल्लाका मटिहानी नगरपालिकाका ७ र ८ नम्बर वडा क्षेत्रका खेतहरू अधिकांस सुख्खा छन् भने पम्पसेटको साहेताले रोपाइँ गरिएका खेतहरुमा धाँजा फाटेका छन् । सोही गाउँका स्थानीय इस्लाम कवाडीका अनुसार यस वर्ष खेतीको लागि मात्र नभएर पिउनको लागि पनि कलमा पानी नआएको सुनाए । खेती पनि आकाशको पानीको भरमा गर्नु पर्ने खै यो साल त खेती हुदैनहोला उनले निरासा पोखे । स्थानीय शान्ति खतवाका खेत पनि यस वर्ष खडेरी र सुख्खा कारण खेती भएको छैन । पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपाई गरेपनि हामीहरू आकाशको पानीमै भर पर्नु परेको उनले सुनाइन् । सो क्षेत्रका किसानहरु अहिले पानीका लागि प्रार्थना गर्दै छन् भने कोही स्थानीय सरकार लगायत सम्बन्धित निकायको सहयोग र साहेताका लागि प्रतिक्षामा रहेका छन् ।

तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी

Kaderi-madhes-khet-12-1753513709.jpg
 

Kaderi-madhes-khet-1-1753513727.jpg

Kaderi-madhes-khet-1753513727.jpg

Kaderi-madhes-khet-3-1753513724.jpg

Kaderi-madhes-khet-2-1753513724.jpg

Kaderi-madhes-khet-4-1753513721.jpg

Kaderi-madhes-khet-5-1753513720.jpg

Kaderi-madhes-khet-6-1753513719.jpg

Kaderi-madhes-khet-7-1753513717.jpg

Kaderi-madhes-khet-8-1753513716.jpg

Kaderi-madhes-khet-9-1753513713.jpg

Kaderi-madhes-khet-11-1753513711.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै