नेभिगेशन
मुख्य समाचार

यसरी सुकेका छन् पानी नपरेपछि महोत्तरीका खेतहरु (तस्बिरहरु)

महोत्तरी । देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि महोत्तरीमा किसान चिन्तित छन्। जिल्लामा करिब ३० प्रतिशतमात्रै रोपाइँ भएको छ। दश नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ। जिल्लाको उत्तर पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो, ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए पनि जिल्ला भरि रोपाइँको अवस्था सन्तोषजनक छैन ।

पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रुपमा किसानले रोपेको खेतमा धाँजा फाट्न थालेको छ । मधेश प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मधेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गरे। प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट मधेशको अवलोकन गरेका हुन् । प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन्। त्यहाँ आफूले किसानहरुसँग पनि कुराकानी गर्ने उनले बताएका छन् ।

City Express

सरकारले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । महोत्तरी जिल्लाका मटिहानी नगरपालिकाका ७ र ८ नम्बर वडा क्षेत्रका खेतहरू अधिकांस सुख्खा छन् भने पम्पसेटको साहेताले रोपाइँ गरिएका खेतहरुमा धाँजा फाटेका छन् । सोही गाउँका स्थानीय इस्लाम कवाडीका अनुसार यस वर्ष खेतीको लागि मात्र नभएर पिउनको लागि पनि कलमा पानी नआएको सुनाए । खेती पनि आकाशको पानीको भरमा गर्नु पर्ने खै यो साल त खेती हुदैनहोला उनले निरासा पोखे । स्थानीय शान्ति खतवाका खेत पनि यस वर्ष खडेरी र सुख्खा कारण खेती भएको छैन । पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपाई गरेपनि हामीहरू आकाशको पानीमै भर पर्नु परेको उनले सुनाइन् । सो क्षेत्रका किसानहरु अहिले पानीका लागि प्रार्थना गर्दै छन् भने कोही स्थानीय सरकार लगायत सम्बन्धित निकायको सहयोग र साहेताका लागि प्रतिक्षामा रहेका छन् ।

तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी

Kaderi-madhes-khet-12-1753513709.jpg
 

Kaderi-madhes-khet-1-1753513727.jpg

Kaderi-madhes-khet-1753513727.jpg

Kaderi-madhes-khet-3-1753513724.jpg

Kaderi-madhes-khet-2-1753513724.jpg

Kaderi-madhes-khet-4-1753513721.jpg

Kaderi-madhes-khet-5-1753513720.jpg

Kaderi-madhes-khet-6-1753513719.jpg

Kaderi-madhes-khet-7-1753513717.jpg

Kaderi-madhes-khet-8-1753513716.jpg

Kaderi-madhes-khet-9-1753513713.jpg

Kaderi-madhes-khet-11-1753513711.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।
बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट, सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ ।
खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।  जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई...