नेभिगेशन
मुख्य समाचार

वीरगंजमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक समपन्न, किसानकाे क्षतिपूर्ति, गण्डक नहरको पानी, डिप बोरिङ लगायतका विषयमा महत्वपूर्ण निर्णय

वीरगंज । जिल्ला विपद् व्यवस्थापन समिति पर्साको २०८२ साउन १० गते बसेको बैठकले बाढी, खडेरी र पानीको अभावबाट प्रभावित क्षेत्रको अवस्था मूल्याङ्कन गर्दै राहत तथा व्यवस्थापनका सम्बन्धमा आठवटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले पहिलो निर्णयमा खडेरीका कारण धान रोपाई गर्न नसकेको, रोपिसकेपछि विरुवा मरेको वा क्षति भएको अवस्थाका किसानहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन कृषि ज्ञान केन्द्रलाई आवश्यक विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्ने जिम्मेवारी दिएको छ ।
दोस्रो निर्णयमा नेपाल र भारतबीचको गण्डक सम्झौता अनुसार २२ जुलाई २०२५ देखि नेपालले पाउनुपर्ने ८५० क्यु.सेक. पानीमध्ये हाल ६०० क्यु.सेक. मात्र प्राप्त भएको उल्लेख गर्दै भारत सरकारलाई सम्झौता बमोजिम पानी उपलब्ध गराउन गृह मन्त्रालयमार्फत औपचारिक अनुरोध गर्ने निर्णय गरिएको छ ।
तेस्रो निर्णय अनुसार हाल गण्डक नहरमार्फत वितरण भइरहेको पानीको अवस्था अनुगमन गर्ने र विभिन्न स्थानमा जडान गरिएका डिप बोरिङहरूमध्ये लाभान्वित जनसंख्या तथा बोरिङको अवस्था अनुगमन गरिनेछ।
चौथो निर्णय अनुसार डिप बोरिङ जडान भएका क्षेत्रमा स्थानीय उपभोक्ताहरूको सहभागितामा उपभोक्ता समूह/समिति गठन गरी ती समितिको नाममा विद्युतीय मिटर जडान गरिनेछ । यस कार्यको सहजीकरण नेपाल विद्युत प्राधिकरण र सम्बन्धित वडा अध्यक्षहरूले गर्नेछन् ।
पाँचौं निर्णयमा जिल्ला स्तरीय खानेपानी तथा सिंचाइ समस्या समाधान गर्न जिल्ला समन्वय समितिका प्रमुख श्री निरञ्जन साह सोनारको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

CG

समितिमा विभिन्न सरकारी कार्यालयका प्रमुखहरू सदस्य रहनेछन् । छैटौं निर्णय अनुसार अब उपरान्त पर्सा जिल्लामा कुनै पनि नयाँ डिप बोरिङ जडान गर्नु परेमा जिल्ला विपद् व्यवस्थापन समितिको जानकारी र सिफारिसअनुसार मात्र जडान गर्न पाइनेछ ।
सातौं निर्णयमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको अवधिभर कुनै पनि कार्यालय प्रमुखले जिल्ला प्रशासन कार्यालयको स्वीकृति विना जिल्ला छोड्न नपाउने भनिएको छ ।

अन्तिम आठौं निर्णयमा १ देखि १४ नम्बरसम्म पेश भएका विभिन्न क्रियाकलापलाई समेटेर तयार पारिएको कार्यान्वयन कार्य योजना (Action Plan)लाई अनुमोदन गर्दै तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।
उक्त बैठकमा जिल्लास्थित सम्बन्धित सरकारी निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

वाग्लेले पद पाउन वा हत्याउनका लागि उनले छेडखानी र राजनीतिक बेइमानी गरेनन् । वाग्ले नेता बन्ने रहर र लहडले राजनीतिमा आएका व्यक्ति होइनन् भन्ने उनको विगतले देखाउँछ ।...
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ...