नेभिगेशन
समाज

पोखरिया नगरपालिकामा घुस लिएर नियुक्ति गरिएका कर्मचारीकाे पैसा फिर्ता गर्न र काम गरेवापतकाे तलब दिन अपिल

पर्साको पोखरिया नगरपालिकामा घुस दिएर नियुक्ति गरिएका कर्मचारीहरूले आफूले दिएको रकम फिर्ता र काम गरेको तलब उपलब्ध गराउन अपिल गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकाका विभिन्न पदमा कार्यरत रहेर सेवा दिएका व्यक्तिहरूले पोखरियाका केही कर्मचारी तथा विचौलियामार्फत घुस रकम बुझाएर नियुक्ति प्राप्त गरेका थिए । तर, अहिले न त उनीहरूको सेवाकाे निरन्तरता छ, न त कामको पारिश्रमिक नै उपलब्ध भएको छ ।

Ncell
Extreme Energy

घुस दिएर सेवा गरेका व्यक्तिहरूको संयोजकत्वमा आयोजना गरिएको भेलाका अगुवा समेत रहेका समाजसेवी नेता निजामुद्दिन समानीका अनुसार, पीडितहरूले आफैं कार्यरत रहेकै नगरपालिकाबाट कुनै पारिश्रमिक नपाएको तथा दिइएको रकम समेत नफर्किएको सार्वजनिक रूपमा गुनासो गरेका छन् ।

"नियुक्ति दिलाइदिने नाममा कर्मचारी तथा केही प्रभावशाली व्यक्तिहरूले लाखौं रुपैयाँ असुली गरे । तर, अहिले उनीहरूले न पैसा फर्काएका छन्, न त काम गरेको तलब नै दिएका छन्," समानीले बताए ।

समस्याको समाधानको माग गर्दै पीडितहरूले साउन १५ गते पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न चौहानलाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरिएको नेता समानीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।
प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।

भर्खरै