नेभिगेशन
मुख्य समाचार

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि

हुम्ला । कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले जानकारी दिए । उाले भने,“ कामीको जिल्ला अस्पतालमा उपचार थालिएको छ।   उनीलाई आफन्तले कुष्ठरोगी भनेता पनि कुष्ठरोग नभएको पुष्टि समेत भएको छ । तर  उहाँको अन्य स्वास्थ्य परीक्षणपछि मात्र के रोग हो भन्ने पत्ता लाग्छ । ”

स्वास्थ्य सेवा कार्यालयले विरामी कामीको निःशुल्क उपचार गर्ने अस्पताल प्रमुख डा तिवारीले जानकारी दिए ।  उनका अनुसार कामीको खुट्टा र शरीरका केही भाग नचल्दा  शारीरिक रूपले अपाङ्गता जस्ता भएका छन् ।  साथै हातखुट्टाका औँला बाङ्गो छन्भने हिँडडुल गर्न पनि कठिन छ । घरपरिवार एवं गाउँलेले अन्धविश्वासका कारण उनीलाई छाउगोठमा राखेका जनाइएको छ ।
 
छाउगोठमा बस्दा उनीले  उचित उपचार र हेरचाहको अभाव झेल्दै आएका थिए । रातदिन चिसो, भोक र वेदनाका बीच जिउन बाध्य भएका कामीलाई केही राहत भएको आफन्त जसपाल कामीले बताए । उनको हेरचाहका लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका थिए । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डरत्रासले छाउगोठमा राख्नुपरेको परिवारका सदस्यले बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै