नेभिगेशन
मुख्य समाचार

सप्तरीमा खानेपानीको अभाव

सप्तरी । सिँचाइको अभावको समस्या छँदै गर्दा सप्तरीमा खानेपानीको समस्या भएको छ  । जिल्लाको उत्तरी, पश्चिमी भेग तथा दक्षिण क्षेत्रमा यस्तो समस्या आएको हो ।  मधेस प्रदेशको हरेक जिल्लामा अहिले अत्यधिक गर्मी र समयमा बर्षा नभएका कारण चापाकलमा पानी सुक्न थालेपछि  खानेपानीको अभाव भएको छ ।  

सुक्खा जमिनका कारण ट्युबवेलमा पानी आउन कम भएकाले खानेपानीको समस्या भएको खडक नगरपालिका –५ खोजपुरका महेन्द्र ठाकुरले बताए । उनले भने, “यस भेगमा विगत डेढ÷दुई महिनादेखि खानेपानीको समस्या भोग्नु परेको छ, डिपबोरिङबाट पनि पानी आएको छैन ।”

उनले चुरेक्षेत्रबाट  खोजपुर गाउँ हुँदै बग्ने चापिन नदीमा पनि यसवर्ष पानी सुकेको बताए ।  नदीमा असार र साउन महिनामा प्रत्येक वर्ष बाढी आउने गरेको भए पनि यसवर्ष सुक्खा बालुवा नै देखिएको छ । यस नदीमा पानी नभएका कारण पनि गाईभैँसीलाई पानी खुवाउनका लागि कुवाबाट पानी ल्याएर खुवाउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । 

उनले भने, “नदी, चपाकल र डिपबोरिङ सबै सुकेपछि खडक नगरपालिकाभरिको अन्य वडामासमेत पानीको अभाव देखिएको छ ।” 

खडक नगरपालिका, ८, ३, १, २ र ४ मा पनि पानीको समस्या देखिएको छ । राजगढ गाउँपालिका र सुरुङगा नगरपालिका, बोदेवरसाइन नगरपालिका, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिकालगायत अधिकाश पालिकामा खानेपानीको अभाव रहको देखिएको छ  ।

लामो समयदेखि वर्षा नहुँदा जिल्लाको खाँडो नदी, जिता नदी, महुली खोला, बलान खोलालगायत आधादर्जन महत्वपूर्ण नदी अहिले सुक्खा अवस्थामा छन् । 

जिल्ला प्रशासन कार्यालयले अभाव भएको गाउँमा खानेपानी वितरण सुरु गरेका छन् । जिल्लाको सुरुङा नगरपालिका–१० थलहा र सिसुवा, राजगढ गाउँपालिका–३ नर्घो, रुपनी गाउँपालिका–१ र २ पिपराही, विष्णुपुर गाउँपालिका–३ सिमरहा, अग्नि साइरकृष्ण संवरण गाउँपालिका३ मटिगढी र राजगढ गाउँपालिका–१ मा खानेपानी अभाव भएको ठाउँमा प्रदेश सरकारले पानी पु¥याइरहको छ  । 

जिल्ला विपद् व्यवस्थापन समितिले पनि राजविराजको बरख गण, भलुवाही ब्यारेकको दुईवटा ट्याङ्रमार्फत खानेपानी वितरण थालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै