नेभिगेशन
समाज

सप्तरीमा खानेपानीको अभाव

सप्तरी । सिँचाइको अभावको समस्या छँदै गर्दा सप्तरीमा खानेपानीको समस्या भएको छ  । जिल्लाको उत्तरी, पश्चिमी भेग तथा दक्षिण क्षेत्रमा यस्तो समस्या आएको हो ।  मधेस प्रदेशको हरेक जिल्लामा अहिले अत्यधिक गर्मी र समयमा बर्षा नभएका कारण चापाकलमा पानी सुक्न थालेपछि  खानेपानीको अभाव भएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुक्खा जमिनका कारण ट्युबवेलमा पानी आउन कम भएकाले खानेपानीको समस्या भएको खडक नगरपालिका –५ खोजपुरका महेन्द्र ठाकुरले बताए । उनले भने, “यस भेगमा विगत डेढ÷दुई महिनादेखि खानेपानीको समस्या भोग्नु परेको छ, डिपबोरिङबाट पनि पानी आएको छैन ।”

Ncell
Extreme Energy

उनले चुरेक्षेत्रबाट  खोजपुर गाउँ हुँदै बग्ने चापिन नदीमा पनि यसवर्ष पानी सुकेको बताए ।  नदीमा असार र साउन महिनामा प्रत्येक वर्ष बाढी आउने गरेको भए पनि यसवर्ष सुक्खा बालुवा नै देखिएको छ । यस नदीमा पानी नभएका कारण पनि गाईभैँसीलाई पानी खुवाउनका लागि कुवाबाट पानी ल्याएर खुवाउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । 

उनले भने, “नदी, चपाकल र डिपबोरिङ सबै सुकेपछि खडक नगरपालिकाभरिको अन्य वडामासमेत पानीको अभाव देखिएको छ ।” 

खडक नगरपालिका, ८, ३, १, २ र ४ मा पनि पानीको समस्या देखिएको छ । राजगढ गाउँपालिका र सुरुङगा नगरपालिका, बोदेवरसाइन नगरपालिका, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिकालगायत अधिकाश पालिकामा खानेपानीको अभाव रहको देखिएको छ  ।

लामो समयदेखि वर्षा नहुँदा जिल्लाको खाँडो नदी, जिता नदी, महुली खोला, बलान खोलालगायत आधादर्जन महत्वपूर्ण नदी अहिले सुक्खा अवस्थामा छन् । 

जिल्ला प्रशासन कार्यालयले अभाव भएको गाउँमा खानेपानी वितरण सुरु गरेका छन् । जिल्लाको सुरुङा नगरपालिका–१० थलहा र सिसुवा, राजगढ गाउँपालिका–३ नर्घो, रुपनी गाउँपालिका–१ र २ पिपराही, विष्णुपुर गाउँपालिका–३ सिमरहा, अग्नि साइरकृष्ण संवरण गाउँपालिका३ मटिगढी र राजगढ गाउँपालिका–१ मा खानेपानी अभाव भएको ठाउँमा प्रदेश सरकारले पानी पु¥याइरहको छ  । 

जिल्ला विपद् व्यवस्थापन समितिले पनि राजविराजको बरख गण, भलुवाही ब्यारेकको दुईवटा ट्याङ्रमार्फत खानेपानी वितरण थालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...