नेभिगेशन
मुख्य समाचार

वीरगन्जमा खानेपानीको हाहाकार, नेपाली सेनाद्वारा पानी वितरण (तस्बिरहरु)

वीरगञ्ज । मधेश प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ । वर्षा नभएपछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाव सृजना भएको छ । अहिले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा खाने पानीको चरम अभाब देखिएको छ । पालिकाको १९ नं वडा बिन्ध्यबासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाब देखिएको छ । सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ ।

हाल नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा (बिहान ७ बजे, दिनको २ बजे र साझ ६ बजे) ६ वटा दमकलको साहेता दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए । नेपाली सेनाले दिनको ३ पटक पानी वितरण गर्छन्, अहिले खाना पकाउन, पानी पिउन यही पानी हो हामीले स्थानीय मोटर मियाँले बताए । गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ उनले सुनाए । स्थानीय सुरज कुमार यादवको अनुसार कुनै पनि स्थानीय सरकार र राजनीति पार्टीले यहाँ केही सहयोग नगरेको उनले बताए । पानीको समस्या छ अहिलेसम्म नेपाली सेनाले मात्रा पानी दिएको छ, अरु वडा, पालिकाले केही गरेको छैन उनले बताए ।


तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी

Khanepani-Abhav-Birgunj-1753613024.jpg

Khanepani-Abhav-Birgunj-3-1753613023.jpg

Khanepani-Abhav-Birgunj-2-1753613023.jpg

Khanepani-Abhav-Birgunj-5-1753613021.jpg

Khanepani-Abhav-Birgunj-4-1753613021.jpg

Khanepani-Abhav-Birgunj-6-1753613020.jpg

Khanepani-Abhav-Birgunj-7-1753613020.jpg

Khanepani-Abhav-Birgunj-8-1753613018.jpg

Khanepani-Abhav-Birgunj-9-1753613018.jpg

Khanepani-Abhav-Birgunj-10-1753613017.jpg

Khanepani-Abhav-Birgunj-11-1753613017.jpg

Khanepani-Abhav-Birgunj-13-1753613015.jpg

Khanepani-Abhav-Birgunj-12-1753613015.jpg

Khanepani-Abhav-Birgunj-15-1753613014.jpg

Khanepani-Abhav-Birgunj-14-1753613014.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै