नेभिगेशन
मुख्य समाचार

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ ।

विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए । 

CG

रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुनेगरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए । उनले सम्बन्धित अधिकारीहरूलाई आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिनुभएको थियो । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो ।

विभागको तथ्याङ्कअनुसार रेविज विरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेविज विरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंश विरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ । यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेस प्रदेशमा सर्पदंश विरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेविज विरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ ।

मागका आधारमा अन्य प्रदेशमा भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा (इएचएस)...
स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ । सिंहदरबारस्थित  नेपाली सेनाको नर्सिङ दल गणको खाली...
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...