नेभिगेशन
मुख्य समाचार

सिन्धुलीका एकै परिवारका १६ जना रहस्मयी तरिकाले बेपत्ता

काठमाडौँ । सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरी एकै परिवारका १६ जना सदस्यहरु बेपत्ता भएका छन् । उर्मिला हायुको १६ जनाको परिवार आइतबार रातिदेखि बेपत्ता भएका बुझिएको छ । 

एकै परिवारका १६ जना बेपत्ता हुनुलाई रहस्यमय रुपमा हेरिएको छ । परिवारका सबै सदस्य बेपत्ता भएको सूचना पाएपछि प्रहरी तथा वडाका प्रतिनिधि पनि पुगेका छन् । उनीहरु पुग्दा घरमा पालिएका गाइबस्तु अलपत्र अवस्थामा रहेकाे पाइएको थियो । र घरको चुलोको छेउमा सामान्य आगो लागेको बाहेक अन्य कुनै असामान्य गतिबिधि नदेखिएको वडा सचिव गायत्री भण्डारीले जानकारी दिइन् । 

वडा सचिव भण्डारीका अनुसार उनीहरुले बिहिबारमात्रै सिमान्तकृत समुदायले पाउने भत्ता बुझेका थिए । केही समयअघि एक जनाको फोन लागेको भएपछि अहिले फोन स्वीच अफ आएको छ । 

प्रहरीले अहिले उनीहरु खोजी सुरु गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै