नेभिगेशन
समाज

महोत्तरीका कुवा, इनार र चापाकल सुके, ट्याङ्करबाट वितरित पानीको भरमा दैनिकी

महोत्तरी । मधेश प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । यी तीनवटै परम्परागत प्रणाली बेकामे बन्दा पानी संकट चुलिएको हो । खानेपानीको संकट टार्न स्थानीय र प्रदेश सरकारले दमकल र ट्यांकरबाट बस्तीबस्तीमा पानी बाँड्न थाले पनि त्यो त्यति प्रभावकारी भएको छैन । जसमध्ये महोत्तरी जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाव देखिएको छ । जिल्लाको मनराशिसवा नगरपालिकामा रहेका दश वटा वडाका स्थानीयले अहिले खानेपानीको संकट भोगी रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो नगरपालिकाको वडा नं १ मा अवस्थित चौरिया टोलका सबै चापाकल, इनार, कुवा सुक्दा स्थानीयहरू नगरपालिकाले वितरण गरेको ट्याङकरको पानीको भरमा दैनिकी चलाउनु परेको स्थानीय राम प्रवेश महराले बताए । चापाकलमा पानी आउँदैन पानी पिउन खाना पकाउन पालिकाले बाँडेको पानीमा भर पर्नु परेको उनले सुनाए । कहिले काँही त पानी ल्याउने ट्यांकर रातिको ११, १२ बजे तिर आउँछ, फेरि त्यति बेला उठेर पानी भर्न पर्छ स्थानीय गगनदेव यादवले सुनाए । सोही नगरपालिकाको वडा नं ५ मा रहेको जनता माध्यमिक विद्यालय क्षेत्र भित्रको डिप बोरिङ स्थानीयको लागि खुल्ला गरिंदा केही राहत महसुस स्थानीयले गरेका छन् ।
तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

Pani-Abhav-Mahottari-1-1753766901.jpg

Pani-Abhav-Mahottari-1753766901.jpg

Pani-Abhav-Mahottari-4-1753766899.jpg

Pani-Abhav-Mahottari-3-1753766900.jpg

Pani-Abhav-Mahottari-2-1753766900.jpg

Pani-Abhav-Mahottari-6-1753766899.jpg

Pani-Abhav-Mahottari-5-1753766899.jpg

Pani-Abhav-Mahottari-9-1753766897.jpg

Pani-Abhav-Mahottari-8-1753766898.jpg

Pani-Abhav-Mahottari-7-1753766898.jpg

Pani-Abhav-Mahottari-11-1753766897.jpg

Pani-Abhav-Mahottari-10-1753766897.jpg

Pani-Abhav-Mahottari-13-1753766896.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...