नेभिगेशन
मुख्य समाचार

महोत्तरीका कुवा, इनार र चापाकल सुके, ट्याङ्करबाट वितरित पानीको भरमा दैनिकी

महोत्तरी । मधेश प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । यी तीनवटै परम्परागत प्रणाली बेकामे बन्दा पानी संकट चुलिएको हो । खानेपानीको संकट टार्न स्थानीय र प्रदेश सरकारले दमकल र ट्यांकरबाट बस्तीबस्तीमा पानी बाँड्न थाले पनि त्यो त्यति प्रभावकारी भएको छैन । जसमध्ये महोत्तरी जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाव देखिएको छ । जिल्लाको मनराशिसवा नगरपालिकामा रहेका दश वटा वडाका स्थानीयले अहिले खानेपानीको संकट भोगी रहेका छन् । 

सो नगरपालिकाको वडा नं १ मा अवस्थित चौरिया टोलका सबै चापाकल, इनार, कुवा सुक्दा स्थानीयहरू नगरपालिकाले वितरण गरेको ट्याङकरको पानीको भरमा दैनिकी चलाउनु परेको स्थानीय राम प्रवेश महराले बताए । चापाकलमा पानी आउँदैन पानी पिउन खाना पकाउन पालिकाले बाँडेको पानीमा भर पर्नु परेको उनले सुनाए । कहिले काँही त पानी ल्याउने ट्यांकर रातिको ११, १२ बजे तिर आउँछ, फेरि त्यति बेला उठेर पानी भर्न पर्छ स्थानीय गगनदेव यादवले सुनाए । सोही नगरपालिकाको वडा नं ५ मा रहेको जनता माध्यमिक विद्यालय क्षेत्र भित्रको डिप बोरिङ स्थानीयको लागि खुल्ला गरिंदा केही राहत महसुस स्थानीयले गरेका छन् ।
तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी

CG

Pani-Abhav-Mahottari-1-1753766901.jpg

Pani-Abhav-Mahottari-1753766901.jpg

Pani-Abhav-Mahottari-4-1753766899.jpg

Pani-Abhav-Mahottari-3-1753766900.jpg

Pani-Abhav-Mahottari-2-1753766900.jpg

Pani-Abhav-Mahottari-6-1753766899.jpg

Pani-Abhav-Mahottari-5-1753766899.jpg

Pani-Abhav-Mahottari-9-1753766897.jpg

Pani-Abhav-Mahottari-8-1753766898.jpg

Pani-Abhav-Mahottari-7-1753766898.jpg

Pani-Abhav-Mahottari-11-1753766897.jpg

Pani-Abhav-Mahottari-10-1753766897.jpg

Pani-Abhav-Mahottari-13-1753766896.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्...
धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।
नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

सोमबार रास्वपाका वरिष्ठ नेता शाह नेपालगञ्ज विमानस्थल भएर सुदुरपश्चिम जानलागेका हुन । साह नेपालगञ्ज भएर सुदुरपश्चिम जाँदैछन् भन्ने कुरा थाहा पाएपछि बालेनका समर्थक र शुभेच्छुकहरु उनको स्वागतमा विमानस्थलमै...
निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

आइतबारदेखिनै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।