नेभिगेशन
मुख्य समाचार

मधेशमा सिँचाइको आशा बोकेको आयोजनाको ३० महिनाको प्रगति ७ प्रतिशत

काठमाडौँ । मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडी बढाईएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ । 

Sunkoshi-Marin-Diversion-Sidhakura-4-1753854268.jpg
हाल नेपाल सरकारले विपत् ग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्‍याउन सो आयोजनाको महत्वपूर्ण भूमिका रहेको महसुस गरिएको छ तर एक वर्षअघि नै सो आयोजनाको सुरुङ ब्रेक थ्रु गरिए पनि पटेल–रमण (संयुक्त) निर्माण कम्पनीले बाँध निर्माणको काम प्रभावकारी रूपमा गरेको नदेखिएको स्थानीय बताउँछन् ।

City Express

Sunkoshi-Marin-Diversion-Sidhakura-3-1753854268.jpg
१४ अर्ब सात करोड ५९ लाख रुपैयाँको लागतमा यो बाँध निर्माणको ठेक्का लिएको सो निर्माण कम्पनीले बाँध निर्माण सुरु भएको ३० महिनामा ७ प्रतिशत मात्र काम भएको छ ।  सो आयोजनाले सुनकोशी नदीको पानीलाई सुरुङमार्फत कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिन खोलामा खसालिने छ  भने त्यहाँबाट मरिन नदी हुँदै बागमती ब्यारेकबाट तराई मधेशका खेतहरुमा सिँचाई गर्ने छ ।

Sunkoshi-Marin-Diversion-Sidhakura-2-1753854268.jpg
हालसम्म सो आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । २०८४ असोज सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ ।
तस्बिरहरुः प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी

Sunkoshi-Marin-Diversion-Sidhakura-1-1753854268.jpg

Sunkoshi-Marin-Diversion-Sidhakura-7-1753854266.jpg

Sunkoshi-Marin-Diversion-Sidhakura-8-1753854266.jpg

Sunkoshi-Marin-Diversion-Sidhakura-9-1753854266.jpg

Sunkoshi-Marin-Diversion-Sidhakura-5-1753854267.jpg

Sunkoshi-Marin-Diversion-Sidhakura-6-1753854267.jpg

Sunkoshi-Marin-Diversion-Sidhakura-1-1753854268.jpg

Sunkoshi-Marin-Diversion-Sidhakura-1-1753854268.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।
बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट, सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ ।
खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।  जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई...