नेभिगेशन
समाज

नेपालमा पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी ‘एमजी आईएम ६’ सार्वजनिक

काठमाडौँ ।  नेपालको विद्युतीय सवारीको यात्रामा नयाँ युगको सुरुवात भएको छ। प्यारामाउन्ट मोटर्स प्रा. लि.ले मोरिस ग्यारेज (एमजी) ब्रान्ड अन्तर्गतको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी ‘एमजी आईएम ६’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउन १५ गते काठमाडौंमा आयोजित एक विशेष समारोहमा एमजी आईएम ६ को औपचारिक उद्घाटन गरिएको हो। अत्याधुनिक एआई प्रविधि, स्मार्ट डिजिटल च्यासिस, लक्जरी डिजाइन, र उन्नत सुरक्षा फिचरले भरिएको यो एसयूभीले नेपाली इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विश्वास छ। कम्पनीका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने, "एमजी आईएम ६ केवल एक इभी होइन, यो स्मार्ट ड्राइभिङको नयाँ युग हो। लक्जरी, नवप्रवर्तन र प्रदर्शनको यस्तो संयोजन नेपालमा पहिलोपटक आएको हो।"

Ncell
Extreme Energy

स्मार्ट प्रविधि र डिजाइनको अद्वितीय समिश्रण
एमजी आईएम ६ "इन्टेलिजेन्स इन मोशन" अर्थात् स्मार्ट गतिशीलताको अवधारणामा आधारित छ। यसमा NVIDIA Orin चिपद्वारा सञ्चालित डिजिटल च्यासिस, Qualcomm Snapdragon 8295 प्रोसेसर, २६.३ इन्च इमर्सिभ टचस्क्रिन, र फ्युचरिस्टिक एआई क्याबिन उपलब्ध छन्।

७५kWh LFP ब्याट्रीसहित, यस गाडीले ५०५ किमी (NEDC) वा ४५० किमी (WLTP) को दायरा तय गर्न सक्छ। १०९kW को हरीकेन मोटर र ४५०Nm टर्क क्षमताले २०० किमी प्रतिघण्टाको उच्चतम गति प्रदान गर्छ।

प्रयोगकर्ता अनुकूल स्मार्ट फिचरहरू
वान टच पार्किंग: ३६०° क्यामेराका माध्यमबाट स्वचालित पार्किङ।

रेनी नाइट मोड: खराब मौसममा पनि स्पष्ट दृश्य दिन सहयोग गर्ने स्मार्ट क्यामेरा प्रणाली।

ADAS सुरक्षा प्रणाली: अडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, अटो ब्रेकिङ जस्ता दर्जनौँ सुरक्षा फिचर।

iSMART एप: मोबाइलमार्फत गाडीको तापक्रम नियन्त्रण, स्थान ट्र्याकिङ, ब्याट्री स्थिति जाँचजस्ता सुविधा।

नेपालभर टेस्ट ड्राइभ र बुकिङ खुला
हाल नेपालभरका सबै एमजी डिलरशिपमा टेस्ट ड्राइभ र बुकिङ खुला गरिएको छ। ग्राहकहरूले अब आफ्नो नजिकको शोरूमबाट गाडी हेर्न, चढ्न र अर्डर गर्न सक्नेछन्। आईएम SAIC मोटर्सद्वारा निर्मित प्रिमियम इलेक्ट्रिक ब्रान्ड हो, जसमा अलीबाबा जस्ता प्रविधि कम्पनीहरूको साझेदारी रहेको छ। नेपालमा एमजी ब्रान्डको आधिकारिक वितरण प्यारामाउन्ट मोटर्सले गर्दै आएको छ, जुन विगतदेखि नै एमजी जेडएस इभी, एमजी ४ इभी, एमजी एस५ लगायतका इभी मोडेलहरू उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...