नेभिगेशन
समाज

नेपालमा पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी ‘एमजी आईएम ६’ सार्वजनिक

काठमाडौँ ।  नेपालको विद्युतीय सवारीको यात्रामा नयाँ युगको सुरुवात भएको छ। प्यारामाउन्ट मोटर्स प्रा. लि.ले मोरिस ग्यारेज (एमजी) ब्रान्ड अन्तर्गतको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी ‘एमजी आईएम ६’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउन १५ गते काठमाडौंमा आयोजित एक विशेष समारोहमा एमजी आईएम ६ को औपचारिक उद्घाटन गरिएको हो। अत्याधुनिक एआई प्रविधि, स्मार्ट डिजिटल च्यासिस, लक्जरी डिजाइन, र उन्नत सुरक्षा फिचरले भरिएको यो एसयूभीले नेपाली इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विश्वास छ। कम्पनीका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने, "एमजी आईएम ६ केवल एक इभी होइन, यो स्मार्ट ड्राइभिङको नयाँ युग हो। लक्जरी, नवप्रवर्तन र प्रदर्शनको यस्तो संयोजन नेपालमा पहिलोपटक आएको हो।"

Ncell
Extreme Energy

स्मार्ट प्रविधि र डिजाइनको अद्वितीय समिश्रण
एमजी आईएम ६ "इन्टेलिजेन्स इन मोशन" अर्थात् स्मार्ट गतिशीलताको अवधारणामा आधारित छ। यसमा NVIDIA Orin चिपद्वारा सञ्चालित डिजिटल च्यासिस, Qualcomm Snapdragon 8295 प्रोसेसर, २६.३ इन्च इमर्सिभ टचस्क्रिन, र फ्युचरिस्टिक एआई क्याबिन उपलब्ध छन्।

७५kWh LFP ब्याट्रीसहित, यस गाडीले ५०५ किमी (NEDC) वा ४५० किमी (WLTP) को दायरा तय गर्न सक्छ। १०९kW को हरीकेन मोटर र ४५०Nm टर्क क्षमताले २०० किमी प्रतिघण्टाको उच्चतम गति प्रदान गर्छ।

प्रयोगकर्ता अनुकूल स्मार्ट फिचरहरू
वान टच पार्किंग: ३६०° क्यामेराका माध्यमबाट स्वचालित पार्किङ।

रेनी नाइट मोड: खराब मौसममा पनि स्पष्ट दृश्य दिन सहयोग गर्ने स्मार्ट क्यामेरा प्रणाली।

ADAS सुरक्षा प्रणाली: अडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, अटो ब्रेकिङ जस्ता दर्जनौँ सुरक्षा फिचर।

iSMART एप: मोबाइलमार्फत गाडीको तापक्रम नियन्त्रण, स्थान ट्र्याकिङ, ब्याट्री स्थिति जाँचजस्ता सुविधा।

नेपालभर टेस्ट ड्राइभ र बुकिङ खुला
हाल नेपालभरका सबै एमजी डिलरशिपमा टेस्ट ड्राइभ र बुकिङ खुला गरिएको छ। ग्राहकहरूले अब आफ्नो नजिकको शोरूमबाट गाडी हेर्न, चढ्न र अर्डर गर्न सक्नेछन्। आईएम SAIC मोटर्सद्वारा निर्मित प्रिमियम इलेक्ट्रिक ब्रान्ड हो, जसमा अलीबाबा जस्ता प्रविधि कम्पनीहरूको साझेदारी रहेको छ। नेपालमा एमजी ब्रान्डको आधिकारिक वितरण प्यारामाउन्ट मोटर्सले गर्दै आएको छ, जुन विगतदेखि नै एमजी जेडएस इभी, एमजी ४ इभी, एमजी एस५ लगायतका इभी मोडेलहरू उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...