नेभिगेशन
समाज

बहुविवाहलाई कानुनी मान्यता दिने कानुन ल्याउन लागिएको भन्दै बिनु यादवले सुरु गरिन् अनशन

काठमाडौँ । सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन सक्ने मस्यौदा ल्याउने तयारी गरिरहेको खबर बाहिरिएसँगै बिनु यादवले त्यसको विरोधमा माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेकी छिन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रेमीबाटै बलात्कृत भएको बताउँदै ७ वर्षदेखि न्याय माग्दै आएकी उनले बहुविवाहलाई वैध बनाउने तयारीप्रति रोष प्रकट गर्दै उनी पुनः सडकमा उत्रिएकी हुन्। उनको लडाईँ २०७५ बैशाखबाट सुरु भएको थियो । उक्त समयमा उनी प्रेमीबाट बलात्कार भएको जाहेरी लिएर कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् । 

Ncell
Extreme Energy

त्यसपछि २०७६ मंसिरमा उनका प्रेमी रामेछापका प्रदीप कठायतसँग विवाह भएको थियो । विवाह भएर घर जाँदा उनले चरम घरेलु हिंसा भोग्नुपरेको उनको भनाई छ । उनका अनुसार उनलाई जबरजस्ती गर्भपतन समेत गराइएको थियो । उनका श्रीमान्ले बिनुविरुद्ध २०७७ सालमा सम्बन्धविच्छेद मुद्दा हालेका थिए । 

२०७९ बैशाखमा जिल्ला अदालत रामेछापले उनीहरुको सम्बन्ध विच्छेद हुने फैसला गरेको थियो । सो समयमा बिनुले अदालतमै विष सेवन गरेकी थिइन् । त्यसपछि उनी निरन्तर आफ्नो न्यायको लागि लड्दै आएकी छिन् । सो क्रममा उनले धेरै पटक सडक संघर्ष गरेकी छिन् । धेरै पटक उनलाई प्रहरीले पक्राउ गरेको छ । र अहिले बिनुले फेरि सडक संघर्ष सुरु गरेकी छिन् । 

उनलाई आजै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भेट गरेकी छिन् । 

Binu-Toshima-1754052156.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।