नेभिगेशन
मुख्य समाचार

बहुविवाहलाई कानुनी मान्यता दिने कानुन ल्याउन लागिएको भन्दै बिनु यादवले सुरु गरिन् अनशन

काठमाडौँ । सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन सक्ने मस्यौदा ल्याउने तयारी गरिरहेको खबर बाहिरिएसँगै बिनु यादवले त्यसको विरोधमा माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेकी छिन्। 

प्रेमीबाटै बलात्कृत भएको बताउँदै ७ वर्षदेखि न्याय माग्दै आएकी उनले बहुविवाहलाई वैध बनाउने तयारीप्रति रोष प्रकट गर्दै उनी पुनः सडकमा उत्रिएकी हुन्। उनको लडाईँ २०७५ बैशाखबाट सुरु भएको थियो । उक्त समयमा उनी प्रेमीबाट बलात्कार भएको जाहेरी लिएर कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् । 

त्यसपछि २०७६ मंसिरमा उनका प्रेमी रामेछापका प्रदीप कठायतसँग विवाह भएको थियो । विवाह भएर घर जाँदा उनले चरम घरेलु हिंसा भोग्नुपरेको उनको भनाई छ । उनका अनुसार उनलाई जबरजस्ती गर्भपतन समेत गराइएको थियो । उनका श्रीमान्ले बिनुविरुद्ध २०७७ सालमा सम्बन्धविच्छेद मुद्दा हालेका थिए । 

२०७९ बैशाखमा जिल्ला अदालत रामेछापले उनीहरुको सम्बन्ध विच्छेद हुने फैसला गरेको थियो । सो समयमा बिनुले अदालतमै विष सेवन गरेकी थिइन् । त्यसपछि उनी निरन्तर आफ्नो न्यायको लागि लड्दै आएकी छिन् । सो क्रममा उनले धेरै पटक सडक संघर्ष गरेकी छिन् । धेरै पटक उनलाई प्रहरीले पक्राउ गरेको छ । र अहिले बिनुले फेरि सडक संघर्ष सुरु गरेकी छिन् । 

उनलाई आजै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भेट गरेकी छिन् । 

Binu-Toshima-1754052156.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै