सिधाकुरा । साउन ८ गते दिउँसो २ बज्दै थियो । सिगास गाउँपालिका ४ बैतडीको कान्धार आधारभूूत स्वास्थ्य केन्द्रमा सुत्केरी ब्याथाले च्यापेकी लक्ष्मी विष्ट धामीलाई लिएर सासु नन्दा र श्रीमान खडक सिंह धामी अस्पताल आइपुगे ।
भर्खरै २० वर्षकी मात्रै रहेकी लक्ष्मीको स्वास्थ्य अवस्था सुरुमा सामान्य नै थियो । तर, स्वास्थ्य केन्द्रमा ल्याइएपछि बिस्तारै सुुत्केरी व्यथाले च्याप्दै गयो ।
झण्डै साढे सात घण्टाको प्रसव पीडापछि लक्ष्मीले रातिको ९ः ३३ बजे छोरालाई जन्म दिइन् । बच्चा जन्मिएको खुसीले लक्ष्मी र लक्ष्मीको परिवारमा खुसीको सञ्चार भयो तर उनलाई सुत्केरी गराउने स्वास्थ्यकर्मीहरु बच्चाको स्वास्थ्य अवस्था देखेर चिन्तित बने ।
किनकी जन्मिएको बच्चाले स्वतस्फूर्त श्वास फेरिरहेका थिएनन् । ‘बच्चा जन्मिने बित्तिक्कै रुनु पर्ने, मुटु तलमाथि गर्नु पर्ने तर केही पनि भएन,’ लक्ष्मीलाई सुत्केरी गराउने जानकी पुजाराले सिधाकुरासँग भनिन् । ‘बच्चा निलो हुुँदै गयो । त्यसपछि स्वास्थ्य चौकी इन्चार्ज चक्रबहादुर बुढाले अम्बुु ब्याग झिकेर हामीले बच्चालाई कृत्रिम श्वास दिन प्रयास गर्यौँ । तर, अम्बुु ब्यागको साइज र बच्चाको मुखको तह मिलेन । त्यसपछि मैले मुखले श्वास दिन थालेँ ।’
जानकीका अनुसार कृत्रिम श्वास दिएको २५ मिनेटपछि बच्चाले श्वास फ्याक्न थाले जसरी घ्यार्र त गरे तर अझै रुने तथा छाती धड्किने जस्ता थप प्रतिक्रिया दिएनन् ।
जानकीका अनुसार बच्चाको सो प्रक्रियाले बच्चा सकुुशल रहेको त बुझियो तर अब तत्काल बचाउन अक्सिजन सर्पोट र भेन्टिलेटर चाहियो जुन अस्पतालमा थिएन ।
जानकी बच्चालाई मुुखले श्वास प्रश्वास गराउन लागिन् भने अस्पताल इन्चार्जले तत्तकाल कतै अन्त अस्पताल लैजान सक्ने उपायाको खोजी गरे । तर, कतैबाट पनि आमा र बच्चाको उद्धार हुन सक्ने बचन पाएनन् ।
जानकीकाअनुसार यतिबेलासम्म सुत्केरी आमाको शाल समेत झिकिएको थिएन । बच्चाको यो अवस्था देखेर सुत्केरी लक्ष्मी र उनका श्रीमान र सासु आमा रुन कराउन थालिसकेका थिए ।
त्यसपछि जानकीले अम्बु ब्यागको मुख केही सानो बनाएर अस्पताल इन्जार्च चक्र बुढालाई केही समय बच्चाको श्वास कृतिम चलाउन लगाइन् र आमाको साल काटिन् । त्यसपछि भने उनले बच्चालाई आफ्नो काखमा लिएर कृतिम श्वास दिइरहिन् ।
जानकीका अनुसार यो भनेको बच्चाको मुखका मुख जोडेर श्वास फोक्सोमा पुुग्नेगरी दिने हो । ‘रातिको त्यस्तै १० बजेबाट सुरु भएको यो कार्य निरन्तर बिहान साढे ३ बजेसम्म चलेको उनले बताइन् ।
‘सबै जना थकित र गलित थियौँ । तर पनि हामीलाई एउटै आशा थियो की जसरी पनि बच्चालाई बजाउने र आमालाई खुुसी बनाउने । नभन्दै चमत्कार भयो । बिहान त्यस्तै साँढे तिन बजे बच्चा एक्कासी रोए ।’ त्यो क्षणलाई सम्झदैं उनले हर्षित मुद्रामा सिधाकुरासँग भनिन् ‘बच्चाले जिउ तन्कायो, रोयो, अनि दिशा र पिसाब पनि गर्यो । मुटुको चाल सामान्य बन्यो ।’ त्यो क्षण संसार जिते जस्तै भएको जानकी बतााउँछिन् ।
‘म त्यो समय बयान नै गर्न सक्दिन । हामीले कस्तो स्रोत साधनमा कसरी एउटा बालकलाई पुनर्जन्म दिएर सकुशल परिवारको जिम्मा लगायौँ,’ जानकीले सिधाकुरासँग भनिन् ।
उनका अनुसार त्यहाँ जटिल भएका बिरामीलाई थप उपचार गराउन परे डडेल्धुरा नलगी सुख नै छैन् । तर, डडेल्धुरा पुुर्याउन गाडीमार्फत कम्तीमा ८ घण्टा लाग्छ । जटिल अवस्थाको बिरामी त अस्पताल पुुग्न नै नपाउने उनले बताइन् ।
जानकीकाअनुसार आमा र बच्चाको अवस्था राम्रो भएपछि उनीहरुले ९ गते बिहान ८ बजे लक्ष्मीलाई डिस्चार्ज गरे । त्यसको तेस्रो दिन लग्क्ष्मीको घरमै फलोअपका लागि जानकी पुगेकी थिइन् । त्यो बेला पनि आमा र बच्चाको स्वास्थ्य राम्रो भएको जानकी बताउँछिन् । ‘बच्चा स्वस्थ र राम्रो देखेँ । आमाको दुुध खाएर पिढीँमा हँसिलो बच्चा सुतिरहेको पाएँ,’ उनी भन्छिन् ‘त्यसपछि त्यो रातको घटना आफूले फेसबुुकमा लेखेको र त्यो संसार भरनै चर्चा भएछ ।’
आफूूले चर्चा वा लोकप्रियताका लागि नभई दुुःखले गरेको कामको मेहनत सफल भएकाले फेसबुकमा लेखेको जानकी बताउँछिन् । आफूूले फेसबुकमा लेखेपछि धेरै ठाउँबाट प्रशंसा गर्दै फोन र म्यासेज आएको उनले सिधाकुरालाई बताइन् ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले समेत फोन गरेर हौसला दिएको उनको भनाई छ । अनमीमा जागिर भएको ६ वर्षको अनुभवमा यस्तो घटना पहिलो पटक भोगेको पनि उनले बताइन् । यस्तै आपत कालका लागि भनेर धनगढीमा यस्तो उपायबारे तालिम लिएको र अहिले काम गरेको उनी बताउँछिन । यो वर्षमा मात्रै उनले सो स्वास्थ्य केन्दमार्फत १९ वटा डेलिभरी गराएको अनमी पुजारा बताउँछिन। बैतडी सिगास गाउँपालिकाका पञ्वक्ता अमर सिंह धामीले स्वास्थ्यकर्मी जानकी पुजारा र उनको टोलीले अविश्वनीय काम गरेको बताए ।
सिमित स्रोत र साधनमा जटिल अवस्थाको बच्चाको ज्यान बचाएको भन्दै उनले जानकी र स्वास्थ्य चौकीका सबै कर्मचारीलाई धन्यवाद दिए । उनको कामले पालिकाकै नाम र इज्जत बढेको धामीको भनाई छ ।
यता, अस्पतालले आफ्नो बच्चा जोगाएको भन्दै धामी परिवार पनि हर्सोल्लित छ । सिधाकुरासँग कुरा गर्दै सुत्केरी लक्ष्मीकी सासुु नन्दा र श्रीमान खडक सिंहले अहिले दुवै जना स्वस्थ रहेको बताए ।
अस्पतालका अनमिले निकै दुःख गरेर आफनो बच्चाको ज्यान जोगाएको भन्दै धन्यवाद पनि ज्ञापन गरे ।