नेभिगेशन
मुख्य समाचार

कस्तो बन्दै छ काठमाडौँ-तराई-मधेश द्रूतमार्ग ? तस्बिरमा हेर्नुहोस्

काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ ।

नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तर नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको थिएन ।

KTFT_FASTTRACK_sidhakura8-1754105700.jpg

अब भने कामले गति लिएको नपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आव २०८१/८२ को अद्यावधिक विवरण अनुसार आयोजनाको २०८२ असार मासान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत रहेको छ । यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत (मोविलाइजेशन सहित) रहेको छ ।

आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना-डुकुछाप खण्डमा जग्गा अधिग्रहण र द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय गर्ने कार्य भइरहेको छ।

आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्व ५४ करोड रहेको छ। जग्गा खरिदको लागि दिइएको पेश्की रु १ अर्व ६५ करोड तथा निर्माण व्यवसायीलाई पेश्की दिइएको ८२.३७ करोड र विद्युत प्राधिकरणको लागि पेश्की  दिइएको रकम रु ९.८१ करोड सहित कुल २ अर्व ५७ करोड राजश्व दाखिला गरिएको रकम समेत समावेश गरिएकोले आयोजनाको खुद खर्च ७७ अर्व ९७ करोड रहेको छ ।

City Express

KTFT_FASTTRACK_sidhakura7-1754105700.jpg

नमूना सडक बन्दै लेनडाँडा खण्ड 

काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक सडक अन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । सो खण्ड अन्तर्गत ६ वटा पुल जसका कुल लम्बाई ११०७ मिटर रहेको छ भने २ वटा डबल ट्यूब सुरुङमार्गको ब्रेक थ्रु भई फिनिसिङ काम भई रहेको छ । त्यस्तै गरी ५ वटा कलभट पूर्णरुपमा निर्माण सम्पन्न भएको छ ।

सो सडक खण्डमा ८१ मिटरका अग्लो पुलको फाउन्डेसन निर्माण गरी  सुपरस्टक्चर निर्माणको काम थालिएको छ भने काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक सडक पहिलो पुल पुल नं ३५, ३३३ मिटर लम्बाईको पुल निर्माण सम्पन्न भई सवारी साधन समेत सञ्चालन गरिएको छ ।

 तस्बिर  : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।

KTFT_FASTTRACK_sidhakura4-1754105699.jpg

KTFT_FASTTRACK_sidhakura2-1754105698.jpg

KTFT_FASTTRACK_sidhakura-1754105698.jpg

KTFT_FASTTRACK_sidhakura7-1754105700.jpg

KTFT_FASTTRACK_sidhakura1-1754105698.jpg

KTFT_FASTTRACK_sidhakura5-1754105699.jpg

KTFT_FASTTRACK_sidhakura6-1754105700.jpg

KTFT_FASTTRACK_sidhakura3-1754105698.jpg

KTFT_FASTTRACK_sidhakura8-1754105700.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आगजनीपछि यस्तो भएको छ गोदावरीको सनराइज सम्मेलन केन्द्र (तस्बिरहरु)

आगजनीपछि यस्तो भएको छ गोदावरीको सनराइज सम्मेलन केन्द्र (तस्बिरहरु)

शहरी विकास मन्त्रालय अन्तर्गत करिब ४३ रोपनी १५ आनामा बनेको ३ हजार दर्शक क्षमताका सो सम्मेलन केन्द्र ८१ करोड खर्चमा केसी–समानान्तर जेभीले निर्माण गरेको थियो । निर्माण सम्पन्न...
जेन–जी शहीदहरुको शवयात्रा (तस्बिरहरु)

जेन–जी शहीदहरुको शवयात्रा (तस्बिरहरु)

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई...
जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीलाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरु)

जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीलाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरु)

भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा असई मिलन राय र जवान उत्तम थापा त्यस्तै गरी कोटेश्वर वृत्तमा सहायक हवल्दार अमृत गुरुङको मृत्यु भएको थियो ।
यस्तो छ नयाँ प्रधानमन्त्रीलाई राखिने नवनिर्मित भवन (तस्बिरहरु)

यस्तो छ नयाँ प्रधानमन्त्रीलाई राखिने नवनिर्मित भवन (तस्बिरहरु)

हालका लागि सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको छ । त्यसका लागि आवश्यक सामानहरुको व्यवस्थापनका साथै...