नेभिगेशन
समाज

कस्तो बन्दै छ काठमाडौँ-तराई-मधेश द्रूतमार्ग ? तस्बिरमा हेर्नुहोस्

काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ ।

नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तर नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको थिएन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

KTFT_FASTTRACK_sidhakura8-1754105700.jpg

अब भने कामले गति लिएको नपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आव २०८१/८२ को अद्यावधिक विवरण अनुसार आयोजनाको २०८२ असार मासान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत रहेको छ । यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत (मोविलाइजेशन सहित) रहेको छ ।

आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना-डुकुछाप खण्डमा जग्गा अधिग्रहण र द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय गर्ने कार्य भइरहेको छ।

आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्व ५४ करोड रहेको छ। जग्गा खरिदको लागि दिइएको पेश्की रु १ अर्व ६५ करोड तथा निर्माण व्यवसायीलाई पेश्की दिइएको ८२.३७ करोड र विद्युत प्राधिकरणको लागि पेश्की  दिइएको रकम रु ९.८१ करोड सहित कुल २ अर्व ५७ करोड राजश्व दाखिला गरिएको रकम समेत समावेश गरिएकोले आयोजनाको खुद खर्च ७७ अर्व ९७ करोड रहेको छ ।

Ncell
Extreme Energy

KTFT_FASTTRACK_sidhakura7-1754105700.jpg

नमूना सडक बन्दै लेनडाँडा खण्ड 

काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक सडक अन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । सो खण्ड अन्तर्गत ६ वटा पुल जसका कुल लम्बाई ११०७ मिटर रहेको छ भने २ वटा डबल ट्यूब सुरुङमार्गको ब्रेक थ्रु भई फिनिसिङ काम भई रहेको छ । त्यस्तै गरी ५ वटा कलभट पूर्णरुपमा निर्माण सम्पन्न भएको छ ।

सो सडक खण्डमा ८१ मिटरका अग्लो पुलको फाउन्डेसन निर्माण गरी  सुपरस्टक्चर निर्माणको काम थालिएको छ भने काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक सडक पहिलो पुल पुल नं ३५, ३३३ मिटर लम्बाईको पुल निर्माण सम्पन्न भई सवारी साधन समेत सञ्चालन गरिएको छ ।

 तस्बिर  : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।

KTFT_FASTTRACK_sidhakura4-1754105699.jpg

KTFT_FASTTRACK_sidhakura2-1754105698.jpg

KTFT_FASTTRACK_sidhakura-1754105698.jpg

KTFT_FASTTRACK_sidhakura7-1754105700.jpg

KTFT_FASTTRACK_sidhakura1-1754105698.jpg

KTFT_FASTTRACK_sidhakura5-1754105699.jpg

KTFT_FASTTRACK_sidhakura6-1754105700.jpg

KTFT_FASTTRACK_sidhakura3-1754105698.jpg

KTFT_FASTTRACK_sidhakura8-1754105700.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...