नेभिगेशन
मुख्य समाचार

८१ वर्षमा बल्ल पाइन् कालमायाले नागरिकता

गाईघाट । उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ । कालमाया राईलाई  शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । 

चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेको वडाध्यक्ष राईले जानकारी दिए । खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएको वृद्धा राईको चौदण्डी गढी–१ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ गरेको र १५ वर्ष अघि नै श्रीमान्को मृत्यु भएपछि वृद्धालाई नागरिकता लिन झनै समस्या रहँदै आएको थियो ।

CG

बूढेसकालमा नागरिकताविहीन वृद्धलाई सामाजिक सुरक्षाभत्ता र राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले वडाध्यक्षको रोहबरमा नागरिकता दिलाइएको हो ।

वृद्धा राईले यसअघि देखिनै नागरिकता लिने प्रयास गरेको भए आफन्त कसैले चासो नदिएको र ज्ञानको अभावबाट नागरिकता प्रमाणपत्रबाट वञ्चित हुँदै आएकी थिइन् ।  । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार चौनपा–१ का वडा प्रतिनिधिहरुको रोहबरमा वृद्धा राईले नागरिकता लिएको र अब उनले सामाजिक सुरक्षा भक्ताको लागि पनि तत्कालै पहल र राष्ट्रिय परिचयपत्रको नम्बर पनि व्यवस्था गरिएको प्रजिअ लुइँटेलले बताए।

वास्तविक नेपाली नागरिक भएर नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनु दुःखद् भएको प्रजिअ लुइँटेलले बताए । वृद्धा राईको तीन भाइ, दुई सन्तान रहेको चौनपा–१ का वडाध्यक्ष राईले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा...
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।