नेभिगेशन
मुख्य समाचार

कांग्रेस कमजोर भए लोकतन्त्र र देश नै कमजोर हुन्छः शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफूले अरू पार्टीका नेताहरुसँग भेटघाट गर्नु सामान्य भएको बताएका छन् ।

कांग्रेस विराटनगर–४ वडा समितिले शनिबार मोरङमा आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा कोइरालाले अरु नेतालाई भेट्ने आफ्नो बानी भएको भन्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूसित आफूले भेटघाट एवं छलफल गरेको उनले भने ।

CG

पार्टी सभापति शेरबहादुर देउवा सबैको अभिभावक हुनुपर्ने भन्दै कोइरालाले अरु पार्टीका नेतालाई घरमै बोलाएर देशमा देखिएका समस्याबारे छलफल गर्न आफुले सुझाव समेत दिएको धारणा  राखे । नेता कोइरालाले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए । लोकतन्त्रको पर्यावाची नै कांग्रेस भएकोले कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै नभइ देश नै कमजोर हुने उनको भनाइ छ । 

त्यस्तै कोइरालाले पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको जिकिर गरे । नेता कोइरालाले एमाले र अन्य पार्टीसितको प्रतिस्पर्धाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ...
काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३...