नेभिगेशन
समाज

कांग्रेस कमजोर भए लोकतन्त्र र देश नै कमजोर हुन्छः शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफूले अरू पार्टीका नेताहरुसँग भेटघाट गर्नु सामान्य भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस विराटनगर–४ वडा समितिले शनिबार मोरङमा आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा कोइरालाले अरु नेतालाई भेट्ने आफ्नो बानी भएको भन्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूसित आफूले भेटघाट एवं छलफल गरेको उनले भने ।

Ncell
Extreme Energy

पार्टी सभापति शेरबहादुर देउवा सबैको अभिभावक हुनुपर्ने भन्दै कोइरालाले अरु पार्टीका नेतालाई घरमै बोलाएर देशमा देखिएका समस्याबारे छलफल गर्न आफुले सुझाव समेत दिएको धारणा  राखे । नेता कोइरालाले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए । लोकतन्त्रको पर्यावाची नै कांग्रेस भएकोले कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै नभइ देश नै कमजोर हुने उनको भनाइ छ । 

त्यस्तै कोइरालाले पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको जिकिर गरे । नेता कोइरालाले एमाले र अन्य पार्टीसितको प्रतिस्पर्धाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...