नेभिगेशन
मुख्य समाचार

२४ घण्टामा झापाका अनारमनी, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

झापा । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन्  । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९  मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ ।  साइरनले बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिका–५ को कुञ्जीबारीमा समेत सञ्चालनमा छन् । झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले भने, “साइरनले बाढीको खतरा टाढैबाट जानकारी गराउँछ । हामीले सचेतना र पूर्वतयारीमार्फत जोखिम न्यूनीकरणमा ध्यान दिइरहेका छौँ । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने योजना पनि सक्रिय रूपमा कार्यान्वयनमा छ ।”

कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा रहेको कनकाई नदीको सतह उच्च रहेको र आसपासका क्षेत्र सतर्क अवस्थामा रहेको बताए । उनले भने, “नदीको बहाब निरन्तर बढिरहेकाले नगरपालिकाको विपद् व्यवस्थापन समिति सक्रिय छ । आवश्यक परेमा तत्काल उद्धार, राहत र स्थानान्तरण कार्य गरिनेछ ।”

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तहसँगको समन्वयमा उच्च जोखिममा रहेका स्थानको तत्काल अनुगमन, आवश्यकतानुसार उद्धार तथा राहतको तयारी गरिएको छ ।

 बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरेर जनतालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको स्थानीयवासी हरि राजवंशीले बताए । 

भारी वर्षासँगै एसियन हाइवेअन्तर्गत मेचीनगर नगरपालिकाभित्रको कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोलाको  डाइभर्सनमा क्षति पुग्न सक्ने उच्च सम्भावना रहेकाले एसियन हाइवे आयोजनाले समेत आफ्ना कर्मचारी र जेसिभी र स्काइभेटरलाई समेत तयारी अवस्थामा राखेको आयोजना प्रमुख इञ्जिनियर  सुनिलबाबु पन्तले बताएका छन् । 

मेचीनगर नगरपालिकाभित्र पर्ने कालीखोलाको डाइभर्सनमा हुनसक्ने जोखिमलाई ध्यान दिएर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आयोजनासँग समेत आवश्यक परामर्श गरिएको, राहत र उद्धारको टिम तयारी अवस्थामा रहेको बताएका छन् । उनले भने, “सडक डाइभर्सन क्षेत्रमा बाढी बसेको अवस्थामा एसियन हाइवे परियोजनासँग सहकार्य गरी उद्धार टोली तयार भएको र मर्मत तथा वैकल्पिक आवागमन सुनिश्चित गर्न इञ्जिनियरिङ टोली परिचालित गरिएको छ ।”

विशेषज्ञहरूले बाढीको सम्भावित जोखिम क्षेत्रहरू कचनकवल, झापा, बारदशी, गौरीगञ्ज, कन्काईलगायतका तटीय र नदी छेउका बस्तीमा बसोबास गरिरहेका नागरिकलाई तत्काल सतर्कता अपनाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै