नेभिगेशन
मुख्य समाचार

गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा  पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा गर्न आउने भक्तजनको सुरक्षाको लागि गोताखोर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
यही साउन ११ गते मोरङका दुई युवा डुबेको घटनाबाट पाठ सिकी गोसाइँकुण्डमा डुङ्गासहित गोताखोर परिचालन गर्नुपर्ने आवाज उठेको हो ।
 
रसुवा जिल्लास्थित नागरिक समाजका अगुवासम्मिलित एक टोलीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक पुगेर तीर्थयात्री तथा स्थानीय जनताको रक्षाका लागि गोताखोरको व्यवस्था गरिदिन जोडदार माग गरेको छ ।
 
जनैपूर्णिमा पर्वका अवसरमा हरेक वर्ष साउनको एकादशी देखिनै पवित्र कुण्डमा तीर्थयात्रीले स्नान गरी पूजाआजा गर्ने परम्परा रहेको सन्दर्भमा सम्भावित दुर्घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगाउन आकस्मिक उद्धारका लागि गोताखोरको व्यवस्था गरिदिन सशस्त्र प्रहरी बलसमक्ष नागरिक समाजको तर्फबाट आग्रह गरिएको हो ।   

अग्लो स्थानमा अवस्थित कुण्डको पानी अत्यन्त चिसो रहेको र कुण्ड परिसरको केही भागको छेउमा नै गहिरो भएकाले सम्भावित दुर्घटनाबाट हुने क्षतिबाट जोगिन डुङ्गासहित गोताखोर आवश्यक भएको टोलीले बताएको छ  ।
यसअघि त्रिशूली नदीको दोभान बेत्रावतीमा सशस्त्र प्रहरीले डुङ्गासहित गोताखोरको व्यवस्था गरेजस्तै गरी  गोसाइँकुण्डमा पनि गोताखोरको व्यवस्था गर्न अनुरोध गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । 
यसैगरी गोसाइँकुण्डमा भक्तजन डुब्ने, बाटोमा पर्ने जङ्गल क्षेत्रमा हराएर यात्रीले दुःख व्यहोर्नपर्नेलगायतका समस्या समाधानका लागि दीर्घकालीन कार्ययोजनासहित लाङ्टाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड क्षेत्र विकास समितिले आवश्यक पहल गर्नुपर्ने ठूलोभार्खुका फूर्पाठिले तामाङले बताए । 

City Express

पवित्र गोसाइँकुण्डमा परापूर्वकालदेखि नै स्वस्तपूर्mत ढङ्गबाट निरन्तररूपमा चल्दै आएको  धार्मिक तथा पर्यटकीय यात्राको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि सरकारी तहबाटै आवश्यक नीति तयार गरी जनताको जिउधनको सुरक्षा गर्नुपर्ने माग स्थानीयवासीले गर्दै आएका छन् ।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संविधान दिवसमा टेलिकमको ‘अफर’

संविधान दिवसमा टेलिकमको ‘अफर’

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड...
चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

यात्रु सहायता कक्षमा खटिएको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायीसहितको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको जाँच गर्ने नेपाल यातायात व्यवसायी...
कोटेश्वरको भाटभटेनीमा बुधबार भेटिएको शवको पहिचान खुल्यो

कोटेश्वरको भाटभटेनीमा बुधबार भेटिएको शवको पहिचान खुल्यो

उनले भने, “बुधबार बिहान अन्दाजी ९ः३० बजेको समयमा कोटेश्वर भाटभटेनीको चौथो तलामा शव जली अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो । आवश्यक प्रक्रियापश्चात उक्त शव रामेछाप...
बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय, यी जिल्लामा विशेष सावधानी अपनाउन आग्रह

बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय, यी जिल्लामा विशेष सावधानी अपनाउन आग्रह

योसँगै आज देशका केही नदीहरूमा पानीको बहाव पनि बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,...