नेभिगेशन
समाज

गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा  पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा गर्न आउने भक्तजनको सुरक्षाको लागि गोताखोर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
यही साउन ११ गते मोरङका दुई युवा डुबेको घटनाबाट पाठ सिकी गोसाइँकुण्डमा डुङ्गासहित गोताखोर परिचालन गर्नुपर्ने आवाज उठेको हो ।
 
रसुवा जिल्लास्थित नागरिक समाजका अगुवासम्मिलित एक टोलीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक पुगेर तीर्थयात्री तथा स्थानीय जनताको रक्षाका लागि गोताखोरको व्यवस्था गरिदिन जोडदार माग गरेको छ ।
 
जनैपूर्णिमा पर्वका अवसरमा हरेक वर्ष साउनको एकादशी देखिनै पवित्र कुण्डमा तीर्थयात्रीले स्नान गरी पूजाआजा गर्ने परम्परा रहेको सन्दर्भमा सम्भावित दुर्घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगाउन आकस्मिक उद्धारका लागि गोताखोरको व्यवस्था गरिदिन सशस्त्र प्रहरी बलसमक्ष नागरिक समाजको तर्फबाट आग्रह गरिएको हो ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अग्लो स्थानमा अवस्थित कुण्डको पानी अत्यन्त चिसो रहेको र कुण्ड परिसरको केही भागको छेउमा नै गहिरो भएकाले सम्भावित दुर्घटनाबाट हुने क्षतिबाट जोगिन डुङ्गासहित गोताखोर आवश्यक भएको टोलीले बताएको छ  ।
यसअघि त्रिशूली नदीको दोभान बेत्रावतीमा सशस्त्र प्रहरीले डुङ्गासहित गोताखोरको व्यवस्था गरेजस्तै गरी  गोसाइँकुण्डमा पनि गोताखोरको व्यवस्था गर्न अनुरोध गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । 
यसैगरी गोसाइँकुण्डमा भक्तजन डुब्ने, बाटोमा पर्ने जङ्गल क्षेत्रमा हराएर यात्रीले दुःख व्यहोर्नपर्नेलगायतका समस्या समाधानका लागि दीर्घकालीन कार्ययोजनासहित लाङ्टाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड क्षेत्र विकास समितिले आवश्यक पहल गर्नुपर्ने ठूलोभार्खुका फूर्पाठिले तामाङले बताए । 

Ncell
Extreme Energy

पवित्र गोसाइँकुण्डमा परापूर्वकालदेखि नै स्वस्तपूर्mत ढङ्गबाट निरन्तररूपमा चल्दै आएको  धार्मिक तथा पर्यटकीय यात्राको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि सरकारी तहबाटै आवश्यक नीति तयार गरी जनताको जिउधनको सुरक्षा गर्नुपर्ने माग स्थानीयवासीले गर्दै आएका छन् ।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोरसहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका...
बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले...
दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

‘दाजु भारतमै मजदुरी गर्दै थिए। भाइ भने केही साल पहिले नेपाल आएर गाडी लाइनमै काम गर्न थालेका थिए,’ डण्डपाणिले सिधाकुरासँग भने, ‘भाइले नेपालमै गाडी क्षेत्रमा काम गरेको देखेर...
कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

सुर्खेत बसपार्कबाट गाडी छुटेपछि बांगेसिमलस्थित प्रहरी चेकपोष्ट छ, त्यसलगत्तै बड्डीचौर आइपुग्छ । त्यहाँपनि सुरक्षा जाँच हुन्छ । त्यसपछि डुंगेश्वरमा अर्को चेकपोष्ट छ, त्यहाँ पनि सुरक्षा जाँछ हुन्छ । ...