नेभिगेशन
समाज

मधेश प्रदेशमा लामाे समयपछि पानी पर्दा किसान हर्षित

जलेश्वर । लामो समयदेखि पानी नपर्दा खानेपानीको अभावमा काकाकुल भएका र धान रोपाइँको चिन्ताले पिरोलिएका महोत्तरीका किसान गएराति जिल्लामा भएको मुसलेधार वर्षाका कारण हर्षित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महोत्तरीको दक्षिण, पश्चिम, पूर्व र मध्यक्षेत्रमा करीब छ महिनापछि गएराति मुसलेधार पानी परेको थियो । उखरमाउलो गर्मीका बीच गाउँगाउँमा रहेका पोखरी, ताल, ईनार, कुवा र चापाकलको पानी सुकेर  खानेपानीको समस्या भइरहेको अवस्थामा पानीले  राहत मिलेको जलेश्वर नगरपालिका–८ का मनोज ठाकुरले बताए ।

Ncell
Extreme Energy

यसैबीच धान खेतीका लागि आधा साउन बितिसक्दा पनि जिल्लामा पानी नपर्दा धानबाली लगाउन नपाएका यहाँका किसान चिन्तामा परेका बेला ढिलै भएपनि अब जिल्लामा रोपाइँ हुने भन्दै किसान खुशी भएका छन् । जलेश्वर–११ का किसुन बिच्छा पोखरी, ताल, ईनार, कुवा र चापाकलमा पानीको सहत बढेको बताउँछन् । 

मुसलधारे वर्षा भएपछि बिहानैदेखि महोत्तरीका किसान आआफ्ना खेतबारीमा हलो, कोदालो, टैक्टर र रोपाइँ गर्ने मजदुर साथमा लिएर पुगेका थिए । पानी नपर्दा साउन महिनाको पहिलो सातासम्म जिल्लामा २५ प्रतिशत मात्रै रोपाइँ भएको थियो भने अब जिल्लाका किसानले धमाधम धान रोपाइँ गर्ने प्रतिशत बढ्दै छ । 

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कूल ७१ हजार ५७० हेक्टर खेती योग्य जग्गा रहेको मध्ये ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ भने त्यसमध्ये यसवर्ष ४० हजार हेक्टर जग्गामा यसवर्ष धान खेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवले बताउनुभयो । उहाँका अनुसार यसअघि जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, ईनार, कुवा र स्यालो ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सकिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...