नेभिगेशन
मुख्य समाचार

मधेश प्रदेशमा लामाे समयपछि पानी पर्दा किसान हर्षित

जलेश्वर । लामो समयदेखि पानी नपर्दा खानेपानीको अभावमा काकाकुल भएका र धान रोपाइँको चिन्ताले पिरोलिएका महोत्तरीका किसान गएराति जिल्लामा भएको मुसलेधार वर्षाका कारण हर्षित भएका छन् ।

महोत्तरीको दक्षिण, पश्चिम, पूर्व र मध्यक्षेत्रमा करीब छ महिनापछि गएराति मुसलेधार पानी परेको थियो । उखरमाउलो गर्मीका बीच गाउँगाउँमा रहेका पोखरी, ताल, ईनार, कुवा र चापाकलको पानी सुकेर  खानेपानीको समस्या भइरहेको अवस्थामा पानीले  राहत मिलेको जलेश्वर नगरपालिका–८ का मनोज ठाकुरले बताए ।

यसैबीच धान खेतीका लागि आधा साउन बितिसक्दा पनि जिल्लामा पानी नपर्दा धानबाली लगाउन नपाएका यहाँका किसान चिन्तामा परेका बेला ढिलै भएपनि अब जिल्लामा रोपाइँ हुने भन्दै किसान खुशी भएका छन् । जलेश्वर–११ का किसुन बिच्छा पोखरी, ताल, ईनार, कुवा र चापाकलमा पानीको सहत बढेको बताउँछन् । 

मुसलधारे वर्षा भएपछि बिहानैदेखि महोत्तरीका किसान आआफ्ना खेतबारीमा हलो, कोदालो, टैक्टर र रोपाइँ गर्ने मजदुर साथमा लिएर पुगेका थिए । पानी नपर्दा साउन महिनाको पहिलो सातासम्म जिल्लामा २५ प्रतिशत मात्रै रोपाइँ भएको थियो भने अब जिल्लाका किसानले धमाधम धान रोपाइँ गर्ने प्रतिशत बढ्दै छ । 

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कूल ७१ हजार ५७० हेक्टर खेती योग्य जग्गा रहेको मध्ये ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ भने त्यसमध्ये यसवर्ष ४० हजार हेक्टर जग्गामा यसवर्ष धान खेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवले बताउनुभयो । उहाँका अनुसार यसअघि जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, ईनार, कुवा र स्यालो ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सकिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै