नेभिगेशन
समाज

कहिले चल्ला रेल ? पूर्व-पश्चिम रेलमार्गको अवस्था  (तस्बिरहरु)

सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त छ । धेरैजसो ठाउँमा मुआब्जा विवादका कारण काम रोकिएको छ । हालै मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण राष्ट्रिय गौरवको आयोजना पूर्व-पश्चिम रेलमार्ग निल्नु न ओकल्नु भएको बताएका थिए । राष्ट्रिय सभा अन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सबलीकरण समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाको सम्बन्धमा यस्तो बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

East-West-Rail-way_SIDHAKURA10-1754365627.jpg
करिब चार अर्ब खर्च गरेर पूर्व–पश्चिम रेलमार्गको डीपीआर बनाइएको छ । तर अन्य काम खासै अघि बढेको छैन । आयोजना सुरु भएको करिब एक दशकभन्दा बढी समय बितिसक्दा साढे ३ प्रतिशत काम भएको छ ।

Ncell
Extreme Energy

पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गमा अहिलेसम्म ३.४ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यही गतिमा काम भए रेलमार्ग पूरा हुन दशकौँ लाग्न सक्ने देखिन्छ । हाल सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा जनकपुर-जयनगर रेल पनि घाटामा चलिरहेको छ ।

East-West-Rail-way_SIDHAKURA8-1754365626.jpg

East-West-Rail-way_SIDHAKURA9-1754365626.jpg

East-West-Rail-way_SIDHAKURA6-1754365623.jpg

East-West-Rail-way_SIDHAKURA7-1754365623.jpg

East-West-Rail-way_SIDHAKURA6-1754365614.jpg

East-West-Rail-way_SIDHAKURA7-1754365614.jpg

East-West-Rail-way_SIDHAKURA3-1754365613.jpg

East-West-Rail-way_SIDHAKURA4-1754365613.jpg

East-West-Rail-way_SIDHAKURA5-1754365613.jpg

East-West-Rail-way_SIDHAKURA2-1754365612.jpg

East-West-Rail-way_SIDHAKURA1-1754365612.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...