नेभिगेशन
मुख्य समाचार

राप्ती नदीमा जलसतह बढ्यो:  तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बाँके । बाँकेका केही स्थानीय तहले राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि साइरन बजाएर तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन आग्रह गरेका छन् । 

राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले जिल्लाका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क साइरन बजाएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । 
 
उनले भने, “अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि बाँकेका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।” जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रको जलसतहले चेतावनी तह पार गरेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रका बासिन्दालाई दिउँसोसम्म सतर्क रहन सूचना जारी गरिएको सूचना अधिकृत ज्ञवालीले बताए । 

पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रका अनुसार अहिले त्यहाँ राप्ती नदीले चेतावनी तह चार मिटर ७० सेन्टिमिटर पार गरेर चार मिटर ८६ सेन्टिमिटर पुगेकाले जोखिम हुनसक्ने सबै ठाउँमा स्थानीयलाई ‘अलर्ट’ गरेर स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको उनको भनाइ छ ।
 
सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँबस्तीमा सतर्क रहने सूचना पठाइएको बताए । बाँकेको कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कताको विन्दु नजिक पुग्न लागेको जानकारी त्यहाँको जलमापन केन्द्रले गराएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

कुसुम जलमापन केन्द्रमा छ मिटर पार गरिसकेपछि चेतावनी दिने भएकाले अहिले त्यहाँ पानीको सतह पाँच मिटर ७४ सेन्टिमिटर पुगेकाले चेतावनी तह पार गरेपछि सबै क्षेत्रमा ‘अलर्ट’ जारी गरिने सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए । 

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राप्ती नदीमा खतराको तह पार नगरे पनि आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरिएको उल्लेख गर्दै राप्ती नदी आसपासमा क्षति हुन नदिन सुरक्षा निकायका टोली पचिालन भएको बताए । उनले भने, “नरैनापुरमा सामान्य डुबान भएको थियो त्यहाँ सामान सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...