नेभिगेशन
समाज

राप्ती नदीमा जलसतह बढ्यो:  तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बाँके । बाँकेका केही स्थानीय तहले राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि साइरन बजाएर तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले जिल्लाका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क साइरन बजाएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । 
 
उनले भने, “अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि बाँकेका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।” जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रको जलसतहले चेतावनी तह पार गरेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रका बासिन्दालाई दिउँसोसम्म सतर्क रहन सूचना जारी गरिएको सूचना अधिकृत ज्ञवालीले बताए । 

Ncell
Extreme Energy

पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रका अनुसार अहिले त्यहाँ राप्ती नदीले चेतावनी तह चार मिटर ७० सेन्टिमिटर पार गरेर चार मिटर ८६ सेन्टिमिटर पुगेकाले जोखिम हुनसक्ने सबै ठाउँमा स्थानीयलाई ‘अलर्ट’ गरेर स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको उनको भनाइ छ ।
 
सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँबस्तीमा सतर्क रहने सूचना पठाइएको बताए । बाँकेको कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कताको विन्दु नजिक पुग्न लागेको जानकारी त्यहाँको जलमापन केन्द्रले गराएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

कुसुम जलमापन केन्द्रमा छ मिटर पार गरिसकेपछि चेतावनी दिने भएकाले अहिले त्यहाँ पानीको सतह पाँच मिटर ७४ सेन्टिमिटर पुगेकाले चेतावनी तह पार गरेपछि सबै क्षेत्रमा ‘अलर्ट’ जारी गरिने सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए । 

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राप्ती नदीमा खतराको तह पार नगरे पनि आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरिएको उल्लेख गर्दै राप्ती नदी आसपासमा क्षति हुन नदिन सुरक्षा निकायका टोली पचिालन भएको बताए । उनले भने, “नरैनापुरमा सामान्य डुबान भएको थियो त्यहाँ सामान सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...