नेभिगेशन
समाज

चितवनको सिमलताल र धादिङको चरौँदीमा विपद्को सूचना दिने उपकरण जडान

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद्का घटना तथा हुनसक्ने जोखिमबारे तत्कालै जानकारी दिने उद्देश्यले चितवनको सिमलताल र धादिङको चरौंँदीमा विद्युतीय उपकरण (इलेक्ट्रिक डिभाइस) जडान गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बढी दुर्घटना हुनसक्ने स्थान छनोट गरी सशस्त्र प्रहरी बल र लुना जिपिएस कम्पनीको सहकार्यमा हाललाई दुई ठाउँमा सो उपकरण जडान गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा दुर्घटना भइहालेमा उक्त उपकरणबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ । 

Ncell
Extreme Energy

“कुनैपनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनका लागि उक्त स्थानमा रहेका स्थानीय बासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले सो उपकरणमा रहेको हरियो बटन १० सेकेण्डसम्म थिच्नुपर्ने हुन्छ, बटन थिचिसकेपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा रहेको साइरन बज्नेछ भने तालिम केन्द्रमा रहेको ‘मोनिटर’मा घटना भएको स्थानसहित जानकारी हेर्न सकिन्छ”, सशस्त्रका सहप्रवक्ता थापाले भने । 

यसरी घटनाबारे साइरन बजेर दुर्घटना स्थानकाबारेमा जानकारी हुनासाथ तत्कालै उद्धारका लागि सुरक्षा फौज परिचालन हुनेछन् । सो उपकरणबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीयलाई प्रयोगको तरिका र अवस्थाबारे जानकारी गराएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी नारायणघाटबाट नागढुङ्गासम्मका स्थानीय तथा सो क्षेत्रमा विपत्मा परेका र घटना÷दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमासमेत लुना जिपिएसको एस डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्नेछन् । 

“एसभित्र रहेको एसओएस बटनमा थिँचेपछि त्यसभित्र रहेको चारवटा एम्बुलेन्स, बाढीपहिरो, आगलागी र दुर्घटनाका विकल्पहरू देखिने छन्, त्यसमा कुन प्रकृतिको घटना हो, सोही विकल्पमा थिँचेपछि कसले कुन घटनाबारे जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालयमा जानकारी प्राप्त हुनेछ”, सहप्रवक्ता थापाले भने । उनका अनुसार सो एसलाई डाउनलोड गरी अफलाइनमार्फत समेत जानकारी गराउन सकिनेछ । 

नारायणघाटबाट नागढुङ्गासम्मको क्षेत्रमा मात्र प्रयोग गर्न सकिने उक्त मोबाइल एसले सो क्षेत्रमा हुने विपद्मा तत्काल उद्धारका लागि सहजताका साथै उद्धार तथा राहत कार्यमा प्रभावकारिता ल्याउने उनले विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोरसहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका...
बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले...
दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

‘दाजु भारतमै मजदुरी गर्दै थिए। भाइ भने केही साल पहिले नेपाल आएर गाडी लाइनमै काम गर्न थालेका थिए,’ डण्डपाणिले सिधाकुरासँग भने, ‘भाइले नेपालमै गाडी क्षेत्रमा काम गरेको देखेर...
कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

सुर्खेत बसपार्कबाट गाडी छुटेपछि बांगेसिमलस्थित प्रहरी चेकपोष्ट छ, त्यसलगत्तै बड्डीचौर आइपुग्छ । त्यहाँपनि सुरक्षा जाँच हुन्छ । त्यसपछि डुंगेश्वरमा अर्को चेकपोष्ट छ, त्यहाँ पनि सुरक्षा जाँछ हुन्छ । ...