नेभिगेशन
समाज

‘नाडा अटो शो’ भदौ ३ गतेदेखि, नेपालमै पहिलो पटक उड्ने कार प्रस्तुत गर्दै

काठमाडौँ । नेपालको अटोमोटिभ क्षेत्रको प्रतिष्ठित प्रदर्शनी 'नाडा अटो शो २०२५' यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना कार्यक्रमको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हुने दावी गरिएकाे छ । “Go For More” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयाेजकले बताएका छन् । 

Ncell
Extreme Energy

नाडा अटो शो २०२५ मा स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप UNITREE चारपांग्रे रोबोटहरू प्रस्तुत गरिनेछ । त्यस्तै भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलककाे रुपमा Deepal eVTOL UAV प्रस्तुत गर्ने बताइएकाे छ । यसका अतिरिक्त१९ वटा चारपांग्रे ब्रान्डहरू,   १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू,  ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् । शाे मा  १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएकाे छ । 

३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने बताइएकाे छ । 

प्रदर्शनीमा चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवा आदिलाई भिन्दै जाेन तयार गरिने बताइएकाे छ । तय्तै प्रि टिकट प्रि-बुकिङ, सञ्चारकर्मीहरूको समन्वयका लागि मिडिया डेस्क, महानगरीय ट्राफिक प्रहरी साझेदारीमा ट्राफिक सूचना डेस्क तथा आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रणकाे व्यवस्था गरिएकाे छ । 

प्रमुख आकर्षणहरू

  • विन्टेज मोटर शो — ऐतिहासिक सवारी साधनहरूको प्रदर्शन:
  • Morris Minor
  • Fiat
  • Peugeot
  • Beetle
  • Mini Cooper
  • Toyota RT
  • Mercedes Benz
  • Toyota RT40
  • VW Bus
  • Toyota Corolla
  • Mazda Familia
  • Toyota MR2
  • Made in Nepal Pavilion — स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्सको प्रदर्शनी
  • International Business Pavilion — अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गर्ने थलो
  • सेमिनार, कार्यशाला, अन्तरक्रिया — ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित
  • दैनिक भाग्यशाली विजेता घोषणा — एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा (Nepal Lube Oil Ltd. द्वारा प्रायोजित)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...