नेभिगेशन
समाज

जब हेर्दा हेर्दै आफैँले चलाएको गाडी एक्कासी आएको बाढीले बगायो

काठमाडौँ । गुल्मीका घनश्याम गौतमले बुधबार साँझ फेसबुकमा अनपेक्षित दुर्घटना भन्दै  एउटा स्टाटससहित बाढीमा गाडी बगिरहेको भिडियो पोस्ट गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार शान्तिपुरबाट फर्किने क्रममा सत्यवति गाउँपालिका ६ मा पर्ने डहरे खोलामा एक्कासी आएका बाढीले उनले आफैँले चलाएको गाडी बगायो । उनका अनुसार सानो खोलामा आफ्नो गाडी फसेपछि निकाल्ने प्रयास गर्दागर्दै ठुलो बाढी आएर गाडी बगाएको थियो । तर केहिबेर बगाएपछि भने बाढीले गाडीलाई किनारा लगाएको थियो । गौतमका अनुसार उनी र गाडीमा सवार सबैजना सुरक्षित रहेका छन् । उनले लेखेका छन् :

Ncell
Extreme Energy

'२०८२ साउन २० गते !
अनपेक्षित दुर्घटना । शान्तिपुरबाट फर्किने क्रममा सत्यवति गाउॅपालिका-६ डहरे खोलामा आफैले चलाएको गाडी फस्यो । हेर्दाहेर्दै र फसेको गाडी निकाल्ने प्रयास गर्दागर्दै अचानक बढेको खोलाले आफ्नै गाडी बगायो । हामी सकुशल रह्यौं ।

जुन बाटो मैले झन्डै ३० बर्षदेखि निरन्तर यात्रा गरेको बाटो हो । डहरे खोला सयौंपटक ओहोरदोहोर गरेको खोला । चार बर्षदेखि गाडीपनि वारपार गराएकै खोला । तर, हिजोको अबस्था अलिक फरक भयो र थियो । खोला सानो थियो । गाडी सहजै पार हुन्छ भन्ने आशाले चलाएको गाडी सोंचे जस्तै पार हुन सकेन । खोलाको पल्लो किनारको अन्तिम अबस्थामा पुगेपछि गाडी फसियो । निकाल्ने प्रयास गर्दागर्दै सानो भएको खोला एक्कासी बढेर लेदोसहित आयो । त्यसपछिका सबै प्रयास असफल भए । अन्ततः गाडी बगेर बडिघाट खोलामै पुग्यो र संयोग ठुलो बाढीबाट जोगिएर फेरी किनारमै फर्कियो र निकाल्न सकियो ।

हामी जोगियौं । गाडीमा पनि सामान्य क्षति भएको छ । तर, प्रसंग र बिषय हामी परेको दुर्घटनाको मात्र होईन । बर्षौंदेखि डहरे खोलाको नाममा राजनीति गर्ने, योजना पारेको र बजेट पारेको भन्दै प्रचारप्रसारमा प्रतिस्पर्धा गर्ने, काम गरेको निर्माण व्यवसायीले रकम नपाएको भन्दै बनेको पुलमा यातायात संचालन गर्न रोक्ने अनि सर्वसाधरण खोलामा बगिरहने र ज्यान जोखिममा पर्ने अबस्थाको कहिले अन्त्य होला ??
आदरणीय नेता ज्यूहरू, 

तपाईहरूले गुल्मीका नाममा गरेको बिकासको नमुना डहरे खोलामै उदांगो भईरहेको छैन र ? त्यसमा बजेट पारेको भन्दै नेताको गुणगानमै प्रचारप्रसार गर्ने कार्यकर्ताहरूको मुकुण्डो कसरी उत्रिएको छ ! त्यसैले सत्यको पछि लागौं, राजनीतिका नाममा अन्धो कार्यकर्ता नबनौं । खबरदारी गर्ने पनि गरौं ।

अन्त्यमा :
हामीलाई परेको अप्ठ्यारोमा जोखिम मोलेर साथ सहयोग गर्ने सबै प्रति हार्दिक आभार । म ठिक छु । हाम्रो चिन्ता र चासो गरिरहनु हुने सम्पूर्ण महानुभावहरूप्रति कृतज्ञ छु । तपाईहरूले प्रत्यक्ष, फोन, सामाजिक संजाल मार्फत सकारात्मक उर्जा दिने, सल्लाह सुझाव र हौसला प्रदान गर्नेहरू प्रति पनि आभारी छु । विपदको अवस्थामा कतिपयको फोन रेस्पोन्स गर्न नसकेपनि, म्यासेजको जवाफ नदिएपनि तपाईहरूको सद्भाव बुझेको छु ।
भगवान, कुलपितृ, मान्यजन र अभिभावकको आशिर्वाद सदैव रहिरहोस् ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’