नेभिगेशन
मुख्य समाचार

जब हेर्दा हेर्दै आफैँले चलाएको गाडी एक्कासी आएको बाढीले बगायो

काठमाडौँ । गुल्मीका घनश्याम गौतमले बुधबार साँझ फेसबुकमा अनपेक्षित दुर्घटना भन्दै  एउटा स्टाटससहित बाढीमा गाडी बगिरहेको भिडियो पोस्ट गरेका छन् । 

उनका अनुसार शान्तिपुरबाट फर्किने क्रममा सत्यवति गाउँपालिका ६ मा पर्ने डहरे खोलामा एक्कासी आएका बाढीले उनले आफैँले चलाएको गाडी बगायो । उनका अनुसार सानो खोलामा आफ्नो गाडी फसेपछि निकाल्ने प्रयास गर्दागर्दै ठुलो बाढी आएर गाडी बगाएको थियो । तर केहिबेर बगाएपछि भने बाढीले गाडीलाई किनारा लगाएको थियो । गौतमका अनुसार उनी र गाडीमा सवार सबैजना सुरक्षित रहेका छन् । उनले लेखेका छन् :

CG

'२०८२ साउन २० गते !
अनपेक्षित दुर्घटना । शान्तिपुरबाट फर्किने क्रममा सत्यवति गाउॅपालिका-६ डहरे खोलामा आफैले चलाएको गाडी फस्यो । हेर्दाहेर्दै र फसेको गाडी निकाल्ने प्रयास गर्दागर्दै अचानक बढेको खोलाले आफ्नै गाडी बगायो । हामी सकुशल रह्यौं ।

जुन बाटो मैले झन्डै ३० बर्षदेखि निरन्तर यात्रा गरेको बाटो हो । डहरे खोला सयौंपटक ओहोरदोहोर गरेको खोला । चार बर्षदेखि गाडीपनि वारपार गराएकै खोला । तर, हिजोको अबस्था अलिक फरक भयो र थियो । खोला सानो थियो । गाडी सहजै पार हुन्छ भन्ने आशाले चलाएको गाडी सोंचे जस्तै पार हुन सकेन । खोलाको पल्लो किनारको अन्तिम अबस्थामा पुगेपछि गाडी फसियो । निकाल्ने प्रयास गर्दागर्दै सानो भएको खोला एक्कासी बढेर लेदोसहित आयो । त्यसपछिका सबै प्रयास असफल भए । अन्ततः गाडी बगेर बडिघाट खोलामै पुग्यो र संयोग ठुलो बाढीबाट जोगिएर फेरी किनारमै फर्कियो र निकाल्न सकियो ।

हामी जोगियौं । गाडीमा पनि सामान्य क्षति भएको छ । तर, प्रसंग र बिषय हामी परेको दुर्घटनाको मात्र होईन । बर्षौंदेखि डहरे खोलाको नाममा राजनीति गर्ने, योजना पारेको र बजेट पारेको भन्दै प्रचारप्रसारमा प्रतिस्पर्धा गर्ने, काम गरेको निर्माण व्यवसायीले रकम नपाएको भन्दै बनेको पुलमा यातायात संचालन गर्न रोक्ने अनि सर्वसाधरण खोलामा बगिरहने र ज्यान जोखिममा पर्ने अबस्थाको कहिले अन्त्य होला ??
आदरणीय नेता ज्यूहरू, 

तपाईहरूले गुल्मीका नाममा गरेको बिकासको नमुना डहरे खोलामै उदांगो भईरहेको छैन र ? त्यसमा बजेट पारेको भन्दै नेताको गुणगानमै प्रचारप्रसार गर्ने कार्यकर्ताहरूको मुकुण्डो कसरी उत्रिएको छ ! त्यसैले सत्यको पछि लागौं, राजनीतिका नाममा अन्धो कार्यकर्ता नबनौं । खबरदारी गर्ने पनि गरौं ।

अन्त्यमा :
हामीलाई परेको अप्ठ्यारोमा जोखिम मोलेर साथ सहयोग गर्ने सबै प्रति हार्दिक आभार । म ठिक छु । हाम्रो चिन्ता र चासो गरिरहनु हुने सम्पूर्ण महानुभावहरूप्रति कृतज्ञ छु । तपाईहरूले प्रत्यक्ष, फोन, सामाजिक संजाल मार्फत सकारात्मक उर्जा दिने, सल्लाह सुझाव र हौसला प्रदान गर्नेहरू प्रति पनि आभारी छु । विपदको अवस्थामा कतिपयको फोन रेस्पोन्स गर्न नसकेपनि, म्यासेजको जवाफ नदिएपनि तपाईहरूको सद्भाव बुझेको छु ।
भगवान, कुलपितृ, मान्यजन र अभिभावकको आशिर्वाद सदैव रहिरहोस् ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाजरकोटमा जिप दुर्घटनामा, २ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटनामा, २ जनाको मृत्यु

छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को  डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर...
भद्रकालीमा निर्वाचन प्रहरी बन्न फाराम भर्ने युवाहरुको लाइन (तस्बिरहरु)

भद्रकालीमा निर्वाचन प्रहरी बन्न फाराम भर्ने युवाहरुको लाइन (तस्बिरहरु)

निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि रु ३४ हजार ७७६ पाउनेछन् । निर्वाचन प्रहरीलाई सम्बन्धित...
‘इपिएस’ परीक्षा पास गरेकाहरुका लागि श्रम मन्त्रालयले गरेको तीन निर्णय के के हुन् ?

‘इपिएस’ परीक्षा पास गरेकाहरुका लागि श्रम मन्त्रालयले गरेको तीन निर्णय के के हुन् ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका...
जेनजी सहिद योगबहादुरः २३ गते नै लागेको थियो गोली, परिवारले २५ गते मात्रै भेटे शव

जेनजी सहिद योगबहादुरः २३ गते नै लागेको थियो गोली, परिवारले २५ गते मात्रै भेटे शव

गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौँको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गरे। फोन उठे पनि तर त्यो...