नेभिगेशन
मुख्य समाचार

कालीकोटको टाकुल्लामा हाइस दुर्घटना हुँदा ७ जना घाइते

जुम्ला । जिल्लाको टाकुल्लामा आज बिहान जिप दुर्घटना हुँदा एक बच्चा, एक महिलासहित सात जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको हाइस गाडी कालीकोटको टाकुल्लामा दुर्घटना भएको थियो । 

घाइते सबैलाई जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । 

CG

बा १ झ ०९७६ नम्बरको फोर्स अनियन्त्रित भई करिब १०० मिटर तल तिला नदीमा खसेको हो । दुर्घटनामा पाँच जना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । 

दुर्घटनास्थल कालीकोटमा भएको जानकारी त्यहाँको प्रहरी कार्यालयबाट प्राप्त भएको हो । अहिले कालीकोटबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको ना.१ ज १७७८ नं.को सुमो गाडी सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको हो ।
जेनजी आन्दोलनः ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्किएनन्

जेनजी आन्दोलनः ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्किएनन्

त्यो दिनको स्मरण गर्दै श्रीमती कमला अवस्थी भन्छिन्, “खाना खाएपछि पसल पुगेर आउँछु भनेर घरबाट निस्कनुभएको थियो, उहाँ महाराजगञ्ज जानु होला भन्ने कल्पना नै थिएन, तर उहाँ फर्केर...
डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न मानवअधिकार आयोगकाे आग्रह

डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न मानवअधिकार आयोगकाे आग्रह

विज्ञप्तिमा भनिएको छ, “निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पु¥याउन र उनीहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण...
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको...