नेभिगेशन
समाज

दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै मिथिलामा राखी पर्व मनाइँदै

महोत्तरी । साउन मध्ययता मन्दमन्द वर्षा भइरहेबीच मधेसको महोत्तरीसहितका  मिथिला क्षेत्रमा आज राखी पर्व परेको छ । साउन मध्ययता पानी पर्न थालेपछि ढिलै भए पनि धान रोपाइँ गर्न पाएका मैथिल (मिथिलाका बासिन्दा) आज खुसीसाथ राखी पर्व मनाउँदै छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चन्द्रमासको साउन पूर्णिमाका दिन मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र आपसी सद्भावको प्रतीक मानिन्छ । पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नारीमा रक्षासूत्र ९डोरा, धागो० बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ । पर्वका लागि  दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिलानै केही दिन पहिलेदेखि नै राखीमय बनेको छ । पर्वले आज सखारेदेखि बजारु चहलपहल निक्कै बढेको छ ।

Ncell
Extreme Energy

मुख्यत साउन मध्ययता भइरहेको पछिल्लो बर्सातले पर्वमा हासीखुसी छाएको छ । ढिलै भए पनि मुख्यबाली धान रोप्दै राखी मनाउन पाइनुले यसलाई मैथिलले पर्वको सुलक्षण भएको बताएका छन् । “यसपालि लामो खडेरी प¥यो, समयमा बाली लगाउन नपाएको चिन्ता थियो, साउन शुक्लपक्षले राहत नै दियो” जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र राय भन्नुहुन्छ, “यो साउने पूर्णिमाको सुलक्षण हुनपर्छ । यो साउन शुक्लपक्षको वर्षाले पर्व रमाइलो बनाएको रायको कथन छ । “खेतीपातीका काम राम्ररी नचल्दा चाडपर्व निरस हुन्छन्” राय भन्नुहुन्छ, “राखी पर्व पछिल्लो वर्षाले खुसीसाथ मनाउने अवसर दिएको छ ।”

राखी पर्वले केही दिन पहिलेदेखि नै बजारमा चहलपहल बढेको छ । जता हे¥यो रङ्गीचङ्गी ‘राखी’ सजाएर बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र (राखी) किन्न केही दिन पहिलेदेखि नै यस्ता पसल अगाडि मिथिलानी (मिथिलाका नारी) को जमघट देखिँदै आएको छ । राखीसँगै पर्वमा दाजुभाइलाइ ख्वाउन मिष्टान्न परिकारको जोहोमा मिथिलानी छन् । यसले आज सखारैदेखि मिठाई पसलमा भीडभाड देखिएको छ ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना ब्यस्त देखिँदा छन् । ससाना नानीहरूका लागि पर्वको तयारीमा घरका अभिभावकले सहयोग गर्दैछन् ।

मिथिलाका सबै क्षेत्रमा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ । हिन्दू मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा समान रूपले लोकप्रिय बनेको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (बोलीचालीमा गुरुकुल) का प्रधानाधयापक ईश्वरी पौडेल बताउँछन् । 

पर्वमा दिदीबहिनीले राखी बाँधी दिएर मिष्ठान्न परिकार ख्वाएपछि दाजुभाइले वस्त्रआभुषण र नगद दक्षिणा  चेलीलाइ दिने गर्दछन् । हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन् । रक्षाबन्धन पर्वमा गुरूपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । यद्यपि पर्वको मुख्य आकर्षणचाहिँ  दिदीबहिनीले बाँधीदिने राखीकै हुने गरेको एकडारा गाउँपालिकाको बगेया बस्तीका २५ वर्षीय युवा दीपक पाण्डेयको भनाइ छ ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन छ । त्यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनीहरू गङ्गा र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...