नेभिगेशन
मुख्य समाचार

कैलाली कारागारमा तनावः कारागार कैदीबन्दीको नियन्त्रणमा, प्रहरी समेत प्रवेश गर्न सकेन

कैलाली । शुक्रबार राति कैलाली कारागारमा भएको झडपपछि कैदीबन्दीहरूले सम्पूर्ण कारागार नियन्त्रणमा लिएका छन् । भिडन्तमा लागुऔषधसम्बन्धी मुद्दाका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।

१५० कैदी क्षमताको कारागारमा करिब ७०० कैदीबन्दी रहेका छन्। घटनापछि कैदीबन्दीहरूले थुनुवा कक्षको मुख्य गेटभित्रबाट ताल्चा लगाएर ग्याँस सिलिन्डर राखी सुरक्षाकर्मी प्रवेश गरे आगो लगाइदिने धम्की दिएका छन्। जसका कारण प्रहरीले समेत भित्र प्रवेश गर्नका सकोको छ । प्रहरी भित्र प्रवेश गर्न नसक्दा क्षतिको एकिन विवरण समेत आउन सकेको छैन । 

CG

ब्लक ‘ए’ का कैदीहरूले विगतमा इँटाले टालिएको ढोका जिमका सामान प्रयोग गरी फुटाएर ब्लक ‘बी’ मा प्रवेश गरेका थिए । निदाइरहेका कैदीमाथि रड, खुकुरी, चक्कु र इँटा प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरिएको थियो।

भूपेन्द्र बडुवाल हत्या प्रकरण र कारागारको नाइके परिवर्तन गर्ने विषयका कारण कैलाली कारागार तनाबग्रस्त बन्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन,...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ...
राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक...
राष्ट्रियसभामा तीन सिट लिने गरि अन्य दलसंग सहमति नभएको प्रचण्डको दावी

राष्ट्रियसभामा तीन सिट लिने गरि अन्य दलसंग सहमति नभएको प्रचण्डको दावी

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन वटा सिट लिने गरि अन्य दलसंग तालमेल गर्ने सहमति नभएको दावी गरेका हुन ।...