नेभिगेशन
मुख्य समाचार

६ किलो सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की । पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित ११  भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो । 

पक्राउ परेकाहरुबाट नगद रु पाँच लाख १४ हजार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए । पोखरा महानगरपालिका–२, ३, ४ र ९ मा अवैध सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । 

CG

पक्राउ पर्नेमा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन् । उनीहरुबाट चार सय ४४ तोला चाादी समेत बरामद भएको प्रहरी उपरीक्षक ओलीयाले बताउनुभयो । बरामद गरिएको सुनको बजार मूल्य रु ११ करोड एक लाख रहेको छ ।

पक्राउ परेकाहरुलाई बरामद सुन, चाँदी र नगदसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी छाडेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको विषयमा असन्तुष्टि जनाएका हुन ।
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो...
जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली  (तस्बिरहरु)

जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली (तस्बिरहरु)

अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ। पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ।
रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्...