नेभिगेशन
मुख्य समाचार

कैलाली कारागार अझै कैदीबन्दीकै नियन्त्रणमा, बाहिरबाट सम्झाइ बुझाइ गर्दै प्रहरी प्रशासन

काठमाडौँ । शुक्रबार रातिदेखि तनाबग्रस्त बनेको कैलाली कारागार अझै प्रहरीको नियन्त्रणमा आउन सकेको छैन। स्राेतकाअनुसार प्रहरी प्रशासन अझै कारागार भित्र पस्न सकेका छैनन् । 

अहिलेसम्म प्रहरी भित्र पस्न नसकेका कारण कारगारभित्रको वास्तविक अवस्था पनि खुलेको छैन। कैदीबन्दीहरुले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र एसपी बालनरसिंह राणासँग कुरा नगर्ने अडान लिएका छन् । कैदीबन्दीहरुले प्रजिअ र एसपी भन्दा माथिल्ला अधिकारीसँग मात्र कुरा गर्ने अडान लिएको स्रोतले बतायो । 

CG

बहिरैबाट भित्र रहेका कैदी बन्दीहरुलाई सम्झाई बुझाई गरी माहोल शान्त पार्ने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘प्रहरी प्रशासन, मानवअधिकारकर्मी, इन्सेकका अधिकारी तथा सरोकारवाला सबैसँग छलफल गर्ने तयारी भएको छ। उक्त छलफलबाट के निर्णय हुन्छ सोही अनुसार कदम चाल्छौँ,’ जोशीले सिधाकुरासँग भने। 

कैदीबन्दीबिचको झडपका कारण एक जनाकाे ज्यान गएकाे छ भने ४७ जना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घटनापछि गम्भीर घाइते भएका धनगढीका आयुष भट्टलाई हिजो नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भईरहेको छ। 

अर्का घाइते कर्ण सालामी मगरलाई आज काठमाडौँ ल्याउने तयारी भईरहेको छ भने अर्का घाइतेको धनगढीमै आइसीयूमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सुधार उन्मुख रहेको सूचना अधिकारी जोशीले जानकारी दिए। 

कारागार भित्र दुइ समुहबीच भएको झडपका कारण लागुऔषधसम्बन्धी मुद्दामा कारागारमा रहेका ४० वर्षीय भरत चौधरीकाे निधन भएकाे थियाे । १५० कैदी क्षमताको कैलाली कारागारमा करिब ७०० कैदीबन्दी रहेका छन्। घटनापछि कैदीबन्दीहरूले थुनुवा कक्षको मुख्य गेटभित्रबाट ताल्चा लगाएर ग्याँस सिलिन्डर राखी सुरक्षाकर्मी प्रवेश गरे आगो लगाइदिने धम्की दिएका थिए । 

ब्लक ‘ए’ का कैदीहरूले विगतमा इँटाले टालिएको ढोका जिमका सामान प्रयोग गरी फुटाएर ब्लक ‘बी’ मा प्रवेश गरेका थिए । निदाइरहेका कैदीमाथि रड, खुकुरी, चक्कु र इँटा प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरिएको थियो।

भूपेन्द्र बडुवाल हत्या प्रकरण र कारागारको नाइके परिवर्तन गर्ने विषयका कारण कैलाली कारागार तनाबग्रस्त बन्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन,...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ...
राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक...
राष्ट्रियसभामा तीन सिट लिने गरि अन्य दलसंग सहमति नभएको प्रचण्डको दावी

राष्ट्रियसभामा तीन सिट लिने गरि अन्य दलसंग सहमति नभएको प्रचण्डको दावी

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन वटा सिट लिने गरि अन्य दलसंग तालमेल गर्ने सहमति नभएको दावी गरेका हुन ।...