नेभिगेशन
समाज

कैलाली कारागार अझै कैदीबन्दीकै नियन्त्रणमा, बाहिरबाट सम्झाइ बुझाइ गर्दै प्रहरी प्रशासन

काठमाडौँ । शुक्रबार रातिदेखि तनाबग्रस्त बनेको कैलाली कारागार अझै प्रहरीको नियन्त्रणमा आउन सकेको छैन। स्राेतकाअनुसार प्रहरी प्रशासन अझै कारागार भित्र पस्न सकेका छैनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिलेसम्म प्रहरी भित्र पस्न नसकेका कारण कारगारभित्रको वास्तविक अवस्था पनि खुलेको छैन। कैदीबन्दीहरुले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र एसपी बालनरसिंह राणासँग कुरा नगर्ने अडान लिएका छन् । कैदीबन्दीहरुले प्रजिअ र एसपी भन्दा माथिल्ला अधिकारीसँग मात्र कुरा गर्ने अडान लिएको स्रोतले बतायो । 

Ncell
Extreme Energy

बहिरैबाट भित्र रहेका कैदी बन्दीहरुलाई सम्झाई बुझाई गरी माहोल शान्त पार्ने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘प्रहरी प्रशासन, मानवअधिकारकर्मी, इन्सेकका अधिकारी तथा सरोकारवाला सबैसँग छलफल गर्ने तयारी भएको छ। उक्त छलफलबाट के निर्णय हुन्छ सोही अनुसार कदम चाल्छौँ,’ जोशीले सिधाकुरासँग भने। 

कैदीबन्दीबिचको झडपका कारण एक जनाकाे ज्यान गएकाे छ भने ४७ जना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घटनापछि गम्भीर घाइते भएका धनगढीका आयुष भट्टलाई हिजो नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भईरहेको छ। 

अर्का घाइते कर्ण सालामी मगरलाई आज काठमाडौँ ल्याउने तयारी भईरहेको छ भने अर्का घाइतेको धनगढीमै आइसीयूमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सुधार उन्मुख रहेको सूचना अधिकारी जोशीले जानकारी दिए। 

कारागार भित्र दुइ समुहबीच भएको झडपका कारण लागुऔषधसम्बन्धी मुद्दामा कारागारमा रहेका ४० वर्षीय भरत चौधरीकाे निधन भएकाे थियाे । १५० कैदी क्षमताको कैलाली कारागारमा करिब ७०० कैदीबन्दी रहेका छन्। घटनापछि कैदीबन्दीहरूले थुनुवा कक्षको मुख्य गेटभित्रबाट ताल्चा लगाएर ग्याँस सिलिन्डर राखी सुरक्षाकर्मी प्रवेश गरे आगो लगाइदिने धम्की दिएका थिए । 

ब्लक ‘ए’ का कैदीहरूले विगतमा इँटाले टालिएको ढोका जिमका सामान प्रयोग गरी फुटाएर ब्लक ‘बी’ मा प्रवेश गरेका थिए । निदाइरहेका कैदीमाथि रड, खुकुरी, चक्कु र इँटा प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरिएको थियो।

भूपेन्द्र बडुवाल हत्या प्रकरण र कारागारको नाइके परिवर्तन गर्ने विषयका कारण कैलाली कारागार तनाबग्रस्त बन्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।

भर्खरै