नेभिगेशन
समाज

विद्यालयलाई गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग सञ्चालकको माग, नहटाए आन्दोलन गर्ने

काठमाडौँ । निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय शिक्षक विधेयकबाट उक्त व्यवस्था हटाउन माग गरेका हुन् । 

Extreme Energy

प्याब्सनका महासचिव आरबी कटुवालले भने, “विधेयकमा निजी लगानीमा सञ्चालित विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाउँदै लैजाने प्रावधान, २०५८ सालमा सरकारले कम्पनी कानुन बमोजिम सञ्चालन गर्न दिने गरी गरेको कानुनी व्यवस्था विपरीत छ ।”  उनले विधेयकमा पूर्ण छात्रवृत्ति शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री, पोसाक, यातायातलगायतका सेवा उपलब्ध गराउनुपर्ने भन्ने विषय कम्पनी कानुनको भावना र मर्म विपरीत रहेको दाबी गरे । 

उनीहरुले यही साउन २८ गतेभित्र आफ्ना माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने समेत जानकारी गराएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै भेट्टायो ।
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’