नेभिगेशन
समाज

कारगार अनुगमनपछि मानव अधिकारका टोली, ‘रविको कोठामा एसी छैन, हिँडडुल गर्न पाउनुभएको छैन’

‘रविजीसँग २ ओटा पंखा छ । एसी छैन । झ्याल थुनेकाे कारण चाहीँ सुरक्षा कारणले भन्नुभयो । मेन भनेको उहाँले कोठाबाहिर हिड्न पाउनुभएको छैन ।’

भैरहवा । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको कारागारको निरीक्षण गरेको छ । आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीलगायतको टोलीले जेलरसँगै कारागारको अनुगमन गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै अनुगमन टोलीले न्यूनतम् मानव अधिकारका विषयमा कारागार प्रशासन चुकेको बताए । सो क्रममा उनीहरुले बाहिर समाचारमा आएजस्तो लामिछानेलाई राखिएको कोठामा एसी नभएको पुष्टि गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले क्षमता भन्दा बढी कैदी राखिनुनै ठूलो मानव अधिकारको हनन् भएको बताइन् । 

Ncell
Extreme Energy

‘रविजीसँग २ ओटा पंखा छ । एसी छैन । झ्याल राखेको कारण चाहीँ सुरक्षा कारणले भन्नुभयो । मेन भनेको उहाँले कोठाबाहिर हिड्न पाउनुभएको छैन ।’ 

त्यस्तै पत्रपत्रिका पढ्न नापएको विषयमा उनले भनिन्, ‘कसैले साथीभाइले ल्याएर दिएको चाहीँ पढ्न पाइदो रहेछ । पत्रपत्रिको नआएको भएर उहाँले पढ्न नपाएको भन्ने कुरा आयो ।  बेसिक ह्युमन राइट झ्याल खोल्न पनि हावा सम्म पनि नपाउने गरेर सुरक्षाको कारण देखाउनुभएको छ । त्यो हामीले मान्छौँ । धेरै कैदिबन्दीहरु हुनुहुन्छ, हामी बोर्डर एरियामा छौँ । उहाँको सुरक्षाको चिन्ता दिनु ठूलो कुरा हो । तर कुनैपनि कैदी बन्दीलाई ल्याएर राखेपछि सुरक्षाको जिममेवारी सरकारले लिनुपर्छ । सरकारले सुरक्षाको बन्दोबस्त गरेर कैदी राख्नुपर्ने हो तर त्यो नभएको हामीले पायौँ । रविजीसँगको कुरामा पनि उहाँले पनि त्यो नपाएको पायौँ ।’

उनले कारागारमा कैदीहरुलाई राखिसकेपछि उनीहरुको व्यवस्थापन गर्ने जिम्मा सरकारको भएको बताइन् । त्यस्तै रवि लामिछानेले कारगार स्थानान्तरणको लागि निवेदन दिएर अदालतले समेत अनुमति दिइसकेको अवस्थामा यहीँ राखिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताइन् । ‘अर्को ठूलो कुरा बन्दी ले नै स्थानान्तरण गर्न पाउँ भन्दा अदालतले अनुमति नै दिदा पनि अर्को ठाउँ स्थानान्तरण गर्न नसक्नुका पछाडी के छ भन्ने कुरामा आयोग गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको मोबिलिटीको जुन राइट छ, बाहिर आएर स्वच्छ हावा लिन पाउनुपर्ने, बाहिर हिडडुल गर्न पाउनुपर्ने, पत्रपत्रिका पढ्न पाउनुपर्ने त्यस्ताे छैन र अदालतबाट स्थानन्तरणको लागि अनुमति पाइसकेपछि यहीँ राखिरहनुले चै के कारणले हो भन्नेमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

त्यस्तै अनुगमन टोलीकी अर्की सदस्य इन्सेक प्रतिनिधि रिमा बिसीको भनाई यस्तो छ , 

‘माथि जिप्सन लगाएको छ । त्यसमा दुईओटा पंखा छ । एउटा ठूलो खालको फलामको पंखा छ । एउटा चाहीँ स्ट्याण्ड साधारण पंखा छ । बस्ने छोटो खालको सोफा छ र छोटो खालको बेड छ । मान्छे सुत्दा छोटै हुने खालको देखिन्छ । एउटा टेबुल छ । जहाँ रविजीले आफूले अध्ययन गर्ने पुस्तकहरु राख्नुभएको छ । एउटा कुर्सी छ । त्यसको यतापट्टी ट्वाइलेट । ट्वाइलेट ओपन ट्वाईलेट छ । कोठाभित्रै भएकोलाई एट्याच मानिएला तर खुल्ला ट्वाइलेट छ । त्यसमा ढोका छैन । अलिकति गारो उठाएर बनाइएको छ । भित्र उहाँले सुकाएको लुगाबाट राम्रोसँग नसुको स्मेल (गन्ध) आईरहेको थियो । सूचनाको हकको लागि एउटा सानो रेडियो रहेछ । किताबहरु छन् । टेलिफोन त्यस्ता खालका उपकरणहरु अनुगमनको क्रममा देखिएन । पत्रपत्रिकाहरु कारागारमा ल्याइएको रहेछन् । कारगारले नल्याउने रहेछ उहाँले मगाउनुभयो भने अप्ठेरो छैन । हामीले रविजीलाई नै साध्यौँ, उहाँले खानामा चैँ म सन्तुष्ट नै छु भन्नुभयो । उहाँले भित्रकै खाना खान्छु भन्नुभयो । जेलर नै सँगै हुनुहुन्थ्यो अनुगमनको क्रममा । खाना चाहीँ ठिक छ, आफ्नो शरीर हेरेर खाना खाने गरेको उहाँले बताउनुभयो । कोठाका झ्यालहरु थुनिएको थियो । किन यसरी राखियो भनेर सोध्दा जेलरले कारागार खुल्ला भएकाले वरिपरी घरबाट देखिने, बाहिरबाट ढुंगाइट्टा प्रहार हुन सक्ने, सर्पदंशको संभावना रहेकोले उहाँकै सुरक्षाको लागि राखेको भन्ने कुरा आयो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।