नेभिगेशन
मुख्य समाचार

बसमा अचेत भेटिएका वृद्धको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको आज मृत्यु भएको छ । कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो । 
    
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । बसबाट झारेपछि प्रहरीले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । 

उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए । गगनगौंडाबाट उनी बन्केवाचोकका लागि बस चढेका थिए । बसमा केही पटक बान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
एमालेलाई माइतीघरमा रोक लगाउन माग गर्दै जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

एमालेलाई माइतीघरमा रोक लगाउन माग गर्दै जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई...
आज पनि अशान्त सिमरा, प्रशासनले लगायो कर्फ्यु

आज पनि अशान्त सिमरा, प्रशासनले लगायो कर्फ्यु

बुधबार एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायत मधेश जागरण सभाका लागी आउन लागेको बेला जेन जी यूवाहरुले विरोध जनाउन लाग्दा एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका थिए ।...